२ चैत्र २०८२, सोमबार
समाचार समाज

रैब पर्व मनाउँदै थारू समुदाय

३ भदौ, काठमाडौं । पूर्वी नेपालका थारू समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारू समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँछन् । यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन/ रैब पर्व वा बडका अटवारी का रुपमा मनाउने गरिन्छ । यस […]

मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक भोलिदेखि, ५ गतेदेखि केन्द्रीय कमिटी बैठक

२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक ३ भदौमा सुरु हुने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए […]

राजनीति

भोलिदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

२ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने बताएका हुन् । संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास […]

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने एआईजीको सरुवा

२ भदौ, काठमाडौं। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो । ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा […]

मुख्‍य समाचार साहित्य/ समाचार

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

२ भदौ, काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र […]

समाचार समाज

मेघ गर्जनसहित पहाडी क्षेत्रमा वर्षा

२ भदौ, काठमाडौं । आज पनि पहाडी भू-भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर भन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक/दुई […]

समाचार समाज

काठमाडौंका यी ठाउँमा आज ५ घण्टा विद्युत आपूर्ति बन्‍द हुने

२ भदौ, काठमाडौं । आज दिउँसो काठमाडौंका केही ठाउँमा पाँच घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरणले सूचना जारी गरी बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो । प्राधिकरणका अनुसार बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर, ज्ञानोदय, […]

मुख्‍य समाचार समाज

काठमाडौँ प्रहरीमा एक महिनामै १ हजार २७५ मुद्दा दर्ता

१ भदौ, काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चालु आवको साउन महिनामा विभिन्न घटनामा एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको जानकारी दिएको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले गत आवको […]

मुख्‍य समाचार राजनीति

मिडियाले आलोचनात्मक लेख्नुस् तर कसैलाई सिध्याउने गरी होइन : मुख्‍यमन्त्री चौधरी

१ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गरेका छन् । बुटवलमा शुक्रबारदेखि सुरु प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती–कमजोरी सच्याउन मौका मिल्ने बताए । उनले राजनीतिक परिवर्तनमा मिडियाहरुको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरु बलियो भए […]

मुख्‍य समाचार राजनीति

कांग्रेस नेता भण्डारी बर्न सेन्टरबाट डिस्चार्ज

१ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए । ‘शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,’ उनले भने, ‘विस्तारै विस्तारै उनको स्वास्थ्यमा सुधार […]

मुख्‍य समाचार राजनीति

एमालेको अपानि : तीन अग्रज बाहेक ओलीको मात्र फोटो प्रयोग गर्नू

१ भदौ, काठमाडौं। नेकपा एमालेले पार्टीका कार्यक्रमहरुमा अग्रज तीन नेता बाहेक अध्यक्षको मात्र फोटो प्रयोग गर्न निर्देशन दिएको छ । केन्द्रीय कार्यालयले शुक्रबार पठाएको अन्तरपार्टी निर्देशन (अपानि) मा सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापनको विषय समेत उल्लेख छ । सार्वजनिक कार्यक्रममा विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटो प्रयोग भएको भन्दै एमालेले अबदेखि […]

कोशी प्रदेस समाचार राजनीति

कोशीमा बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता, अध्यादेश पेश

१ भदौं, विराटनगर । कोशीको प्रदेश सभामा सत्तारूढ दलले दर्ता गरेको बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता भएको छ । जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेट अध्यादेश जेठ १४ गते संसदमा टेवल गरेका थिए । अध्यादेश अस्विकारका लागि कांग्रेसले छुट्टै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्विकारको प्रस्ताव […]