३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

२६ फागुन, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : कोशी र गण्डकीका एक-दुई ठाउँमा हिमपात हुने

२६ फागुन, काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू भागको मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली […]

राजनीति समाचार समाज

थप २ हजार ६७४ जनालाई शहीद घोषणा (सूचीसहित)

२५ फागुन, काठमाडौं । सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ । सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ । २४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने […]

राजनीति समाचार समाज

महाशिवरात्रिमा ४ लाखले गरे पशुपतिनाथको दर्शन

२५ फागुन, काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको […]

मुख्‍य समाचार समाचार समाज

महाशिवरात्रिमा जहाजबाट कैलाश मानसरोवरको दर्शन

२५ फागुन, बाँके । महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको जहाजबाट दर्शन गराइएको छ । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टु टेम्पल्ससँगको समन्वयमा नेपालगञ्जबाट एक सय ५० भारतीय तीर्थयात्रीलाई लगेर आज कैलाश मानसरोवरको दर्शन गराएको हो । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै राक्षस ताल, अपि र साइपाल […]

मुख्‍य समाचार समाचार समाज

आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस

२५ फागुन, काठमाडौँ। आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक […]

राजनीति समाचार समाज

पशुपतिमा दर्शनार्थीको घुइँचो, एकपटकमा १० जनासम्मले दर्शन गर्न सक्ने

२५ फागुन, काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थीहरु रातिदेखि नै लाइनमा बसेका थिए । दर्शनार्थीहरु लामबद्ध भएर पूजा गर्ने र फर्किने क्रम चलिरहेको छ । पशुपतिनाथ मन्दिरमा पूजा गर्ने दर्शनार्थीहरुका लागि बिहान २ बजेदेखि ढोका खुला गरिएको थियो । बिहान २ बजेदेखि […]

मुख्‍य समाचार समाचार समाज

एमाले सचिवालय बैठक बस्दै

२५ फागुन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । उनका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे छलफल गर्ने तयारी छ । सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकारमा गएपछि पहिलोपटक पार्टी बैठक बस्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

शिवरात्रिमा भीआईपी दर्शन पास बन्द

२५ फागुन, काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ । विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो । तर यसपटक भीआईपी पास बन्द गरिएको र तीलगंगा मार्गलाई भक्तपुर, ललितपुर र पूर्वतर्फबाट आउने भक्तजनहरुको […]

राजनीति समाचार समाज

नेपाली सेनाले २६१औं वार्षिकोत्सव मनाउँदै, टुँडिखेलमा विशेष समारोह

२५ फागुन, काठमाडौं ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको […]

राजनीति समाचार समाज

पशुपति क्षेत्रमा ४ हजार बढी प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी

२४ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेर सुरक्षाकर्मी परिचालन गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार प्रहरी जनशक्ति विहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । […]

मुख्‍य समाचार समाचार समाज

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा दर्शनार्थीको घुँइचो

२५ फागुन, काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा-आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका […]