२४ कार्तिक २०८२, सोमबार
समाचार समाज

रैब पर्व मनाउँदै थारू समुदाय

३ भदौ, काठमाडौं । पूर्वी नेपालका थारू समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारू समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँछन् ।

यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन/ रैब पर्व वा बडका अटवारी का रुपमा मनाउने गरिन्छ । यस वर्ष बडका अट्वारी भने भदौ ३१ गते परेको छ।

आजको दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारू संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।

‘थारू प्राकृतिक रुपमा किसानी पेशामा रमाउन चाहन्छ। किसानहरू धान रोपिसकेपछि कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली–नालीमा रोग–व्याधी नलागोस् भन्ने कामना गर्छन्’, उनी भन्छन्, ‘साउनमा बाल- बाल-बच्चालाई घाउँ खटिरा आउने गर्दछ। त्यसबाट बच्‍न एकदिन नुनतेल, माछामासु नखाइ उपवास बस्‍ने चलन छ। यसले शरीलाई स्वस्थ राख्न मद्दत गर्दछ। यसैकारण थारूहरू यसदिनलाई नुनतेल नखाने दिन अर्थात रैब पर्वको रुपमा मनाउँन थालेका हुन्।’

यो पर्वमा थारूहरुले बिहानै नजिकैको तलाउ, पोखरी वा खोलामा स्नान गरी प्रकृति र कूल देवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि