३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

परराष्ट्रमन्त्री नहुँदा रुसी विदेशमन्त्रीसँगको टेलिफोन वार्ता अन्योलमा

२२ फागुन, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग परराष्ट्रमन्त्री तहमा आगामी बिहीबार हुने तय भएको टेलिफोन वार्ता अन्यौलमा परेको छ । रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्यौलमा परेको हो । परराष्ट्र मन्त्रालयले यस विषयमा गृहकार्य भइरहेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माधव नेपालको घरमा पुगे प्रचण्ड र ओली

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेको प्रमुख सचेतकमा बर्तौला सचेतकमा सुनिता बराल

२२ फागुन, काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । ससदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै  सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।

खेलकुद मुख्‍य समाचार समाचार समाज

त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, घरेलु मैदानमा हार्‍यो नेपाल

२२ फागुन, काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ […]

मुख्‍य समाचार विचार

गठबन्धन फेरबदलले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रभावित

२२ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा भएको फेरबदलले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया प्रभावित भएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका थिए । समितिमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी […]

मुख्‍य समाचार समाचार समाज

पशुपति क्षेत्र वरपर भोलिदेखि २७ मंसिरसम्म मासु र मदिरा निषेध

२२ फागुन, काठमाडौं । शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट […]

खेलकुद समाचार समाज

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

२२ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य हालसम्मकै उच्च, १ लाख २३ हजारमा कारोबार

२२ फागुन, काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाको ४ मन्त्रालयमा दाबी, गृह नछाड्ने

२२ फागुन, काठमाडौं । नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए । गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

२२ फागुन, वकाठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो । गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् […]