१२ श्रावण २०८१, शनिबार
कोशी प्रदेस समाचार राजनीति

कोशीमा बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता, अध्यादेश पेश

१ भदौं, विराटनगर । कोशीको प्रदेश सभामा सत्तारूढ दलले दर्ता गरेको बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता भएको छ । जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेट अध्यादेश जेठ १४ गते संसदमा टेवल गरेका थिए ।

अध्यादेश अस्विकारका लागि कांग्रेसले छुट्टै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्विकारको प्रस्ताव दर्ता गरेका थिए । शुक्रबार बसेको बैठकमा सत्तारुढ दलले अस्विकारको प्रस्ताव फिर्ता लिएका हुन् ।

काङ्ग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समिकरण र परिस्थिति बदलिएका कारण अस्विकारको प्रस्ताव फिर्ता लिएको बताए ।

अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेट सम्बन्धि अध्यादेश संसदमा पेश गरेका छन् ।

सरकारले अब प्रतिस्थापन विधेयक ल्याउनुपर्ने छ । असार १४ गते संसदमा टेवल भएको अध्यादेश भदौ १० सम्म पास नगरे अध्यादेश निष्क्रिय हुनेछ । बजेट अध्यादेश पेश भएपछि उपसभामुख सृजना दनुवारले बैठक भदौ ४ गतेसम्मका लागि स्थगित गरेकी छन् । ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्