३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरे

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीमाथि राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बदलेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको छ । संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन नपरेको मन्त्रालयको जिम्मा नारायणकाजीलाई

माओवादीका एक नेता भन्छन्, ‘उहाँले गृहबाहेक अरू मन्त्रालयमा रूची राख्नु भएकै थिएन। तर गठबन्धन बनेको उहाँलाई जसरी भए पनि मन्त्री बन्नै पर्ने देखिएपछि परराष्ट्रको जिम्मेवारी दिइएको हो ।’

मुख्‍य समाचार राजनीति समाचार समाज

विदाइसँगै फेरि शपथको निम्तो पाएकी मन्त्री रेखा शर्मा

२३ फागुन, काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार साँझ पदबहाली गरेकी छिन् । यसअघि शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गतेदेखि २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । प्रधानमन्त्री दाहालले आज गरेको मन्त्रिपरिषद् गठनमा नी पुनःसञ्चारमन्त्रीमा नियुक्त भएकी हुन् । उनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

शिक्षामन्त्री श्रेष्ठद्वारा पदबहाली : विश्वविद्यालयमा विज्ञलाई कुलपति राख्न कानुन संशोधनको पहल गर्ने

२३ फागुन, काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाइ विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको प्रक्रिया अघि बढाउने बताएकी छिन् । सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री श्रेष्ठले नेपाली युवालाई स्वदेशमै सहजरुपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण रोक्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संघीयता कार्यान्वयका लागि आवश्यक कानुन बनाउँछु : कानुन मन्त्री गिरी

२३ फागुन, काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार साँझ पदभार ग्रहण गर्दै मन्त्री गिरीले मुलुकको विकास निर्माणमा सहयोग पुग्ने गरी कानुन निर्माणमा ध्यान दिने बताए । न्यायमा पहुँच अभिवृद्धिका लागि कानुनी सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौँ : पर्यटनमन्त्री तामाङ

२३ फागुन, काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू)ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा आज पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए । उनले भने, ‘नेपालको हवाई क्षेत्रमा इयूले सन् २०१३ देखि लगाएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

काठमाडौँ-तराई द्रुतमार्गलाई समयमै सक्न रक्षामन्त्रीको निर्देशन

२३ फागुन, काठमाडौँ । नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न मन्त्रालय र नेपाली सेनाका उच्चअधिकारीलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री उप्रेतीले नेपाली जनताको आशा र अपेक्षाको विषय रहेको उक्त आयोजनामा ढिलाइ भएको विषयमा आफू जानकार रहेको र अब निर्धारित समयमै सकाउन मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी […]

मुख्‍य समाचार राजनीति समाचार

न्याय माग्न मन्त्री भेट्ने चलनको अन्त्य गर्छु

२३ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम आफ्नो पार्टीले नगर्ने बताएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरुलाई निर्देशन दिँदै उनले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न निर्देशन दिए । आफ्नो नाम लिएर वा आफूसँग खिचेको फोटो देखाउँदै सरुवा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

२३ फागुन, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री हुने

२३ फागुन, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री सहभागी हुने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बन्नेछन् । प्रचण्डले बुधबार नै नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका […]

मुख्‍य समाचार राजनीति समाचार

मन्त्रिपरिषद विस्तार, पर्यटनमा हितबहादुर

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्रीले सोमबार शपथ लिएका ३ जना मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमाले मन्त्रीहरुको मन्त्रालय टुंगियो, कानुनमा पदम गिरी

२३ फागुन, काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी हुने ८ जनाको मन्त्रालय टुंगिएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनेछन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन् । […]