२४ मंसिर २०८२, बुधबार
अर्थ

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद, सिनामंगलबाट एकजना पक्राउ

३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । उनले भने, ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा

काठमाडौँ, २३ मङ्सिर ःराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारकोे ध्यानार्कषण गराएको छ । आज यहाँ राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौँ, २३ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमाले ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए । उनले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र कम्युनिष्ट पृष्ठभूमिका १६ राजनीतिक दललाई उद्घाटन सत्रमा अतिथिका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

उत्तरी जापानमा ७.५ को भूकम्पपछि महाभुकम्पको सम्भावना

काठमाडौं । उत्तरी जापानमा ७.५ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानिय समय अनुसार भूकम्प सोमबार राति ११ः१५ बजे आओमोरी प्रिफेक्चरको पूर्वी तट क्षेत्रमा केन्द्रित भएको थियो । भुकम्पपश्चात जापानी अधिकारीहरूले उक्त क्षेत्रमा सम्भावित ‘मेगाक्वेक’ अर्थात महाभुकम्पको जोखिमबारे चेतावनी दिएका छन् । यस्तो किसिमको महाभुकम्प आउने हो भने जापानको होक्काइडोदेखि लिएर चिबा प्रिफेक्चरसम्म र प्रशान्त […]

बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ, २३ मङ्सिर : पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सात दशमलव ३९ अङ्कले बढेर दुई हजार ६१४ दशमलव ०७ को बिन्दुमा कायम भएको हो । आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यी हुन् मन्त्रिपरिषद्का पछिल्ला १८ निर्णयहरु

काठमाडौं । सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनको अनुसार सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौँ, २३ मङ्सिरः नेपाल प्रिमियर लिग एनपिएलको पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केही बेर अघि भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिए । आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । प्रतियोगिताको फाइनल यही […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रका पटक–पटक प्रधानमन्त्री भइसकेका ओलीले महिलाहरुप्रति अपमान गर्ने गरेको बताएकी छन् । मंगलबार नेकपा एमाले को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा महिला नेतृहरुको अन्तर संवाद कार्यक्रममा बोल्दै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे प्रयोग गरेको शब्द चयन अनुचित भएको उनले बताएकी हुन् । उनले भनिन्,संघीय लोकतान्त्रिक गणतन्त्रको पटक […]

बागमती मुख्‍य समाचार समाचार

खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान

भक्तपुर, २४ मङ्सिरः जनप्रेमी वर्ल्ड स्कुल भक्तपुरले आजदेखि सुरु गरेको जेडब्लुएस खेलकुद सप्ताहमा विभिन्न २० वटा खेलमा एक हजार ८०० विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका छन् । मध्यपुर युथ एसोसिएसन खेल मैदान सानोठिमीमा आजदेखि सुरु भएको प्रतियोगिताको मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरे । उनले मध्यपुरथिमि नगरपालिकामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन भइरहेको बताउँदै नगरपालिकाले शिक्षा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भ्रष्टाचार नियन्त्रण आफँैबाट सुरु गर्न युवा पुस्ताको जोड

चितवन, २३ मङ्सिरः आँखा चिम्म गरी सपनाको दुनियाँमा हराउनु पर्दैन, आफू सध्य छौँ भने कोहीसँग डराउनु पर्दैन’ जेनजी आन्दोलनका अगुवा अधिराज यादवले यो श्लोक वाचन गर्दा हलमा परर ताली बज्यो । जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना तथा भ्रष्टाचारविरुद्धको अभियान चितवन एवं भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था, भ्रष्टाचारविरुद्ध जागरण अभियानले संयोजन कार्यक्रममा यादवले भ्रष्टाचारविरुद्ध सबैजना एकै ठाउँमा […]

बागमती मुख्‍य समाचार समाचार

मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन

लिस्बन पोर्चुगल, २३ मङ्सिर ः पोर्चुगलको सामुद्रिक टापु मदेइरा मा सञ्चालित दुईदिने घुम्ती शिविरबाट १०० नेपालीले कूटनीतिक सेवा लिएका छन् । लिस्बनस्थित नेपाली दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण कन्सुलर सम्बन्धी शिविरमा उपस्थित भई ८१ जनाले जैविक विवरण बायोमेट्रिक्स उपलब्ध गराइ राहदानीका लागि अनुरोध गरेका हुन् । शिविरबाट ७५ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी आन्दोलन सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबारमा राख्नका लागि थिएन ः लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलन केपी शर्मा ओलीलाई हटाउन मात्र होइन देशमा आमूल परिवर्तनको लागि भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरबार राख्नको लागि मात्र होइन देशमा सुशासन र शान्ति स्थायित्वको सुनिश्चितता गर्नको लागि भएको बताए । उनले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सही व्यक्ति सही ठाउँमा नभए विकास सम्भव छैन : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का व्यवस्थापनका कारण विकास निर्माण प्रभावित भएको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवाद कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशको विकास रोकिनुको प्रमुख कारण समयमै काम नगर्ने ठेकेदार र कमजोर ठेक्का […]