५ चैत्र २०८२, बिहीबार
फोटो फिचर मुख्‍य समाचार

काठमाडौँ उपत्यकामा वर्षा (तस्वीरहरु)

२२ जेठ, काठमाडौँ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ । हेर्नुहोस तस्वीरहरु 

खेलकुद मुख्‍य समाचार

नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा सुपर हिरो बन्न सक्ने सम्भावना यी २ खेलाडीको

२२ जेठ, अमेरिका । टी-२० क्रिकेटमा कुनै पनि खेलाडीको भर हुँदैन । हुन त टिम जित्न टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । तर, टी-२० क्रिकेटमा एउटै खेलाडीले एक्लै खेल जिताउन र हराउन सक्छ । त्यसैले टी-२० मा एक दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अर्कोले साथ राम्रो दिन सक्नुपर्छ । टोलीमा केही यस्ता खेलाडी हुन्छन् […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

२२ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले आसन्न मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिको आकलन गरी न्यूनीकरण र रोकथामका योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न माग गरेका छन् । बैठकमा नेपाल कम्युनिष्ट (एमाले) का रघुजी पन्तले बाढी र पहिरोबाट हुन सक्ने क्षतिको प्रक्षेपण सार्वजनिक भसकेकाले त्यसको रोकथामको योजना बनाएर कार्यान्वयन गर्न माग गरेका […]

मुख्‍य समाचार समाचार समाज

पर्वतारोही निर्मल पूर्जालाई नेपाल आउन रोक लगाउन सांसदको माग

२२ जेठ , काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई नेपालमा आउन बन्देज गर्नुपर्ने माग गरेका छन् । मंगलबार संघीय संसद्को प्रतिनिधि सभा बैठकमा सांसद बजगाँईले पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप पूर्जामाथि लगाएको, पूर्जा आफैंले नेपाली शेर्पाहरुलाई हिमालमा डोरी काटेको आरोप लगाएको तथा उनले दोहोरो नागरिकता प्रयोग गरेर नेपाल […]

मुख्‍य समाचार समाचार

काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत

२२ जेठ, काठमाडौँ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ । काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो वायु […]

मुख्‍य समाचार राजनीति

मनसुनको पूर्वतयारी प्रभावकारी बनाउन ध्यानाकर्षण

२२ जेठ , काठमाडौं । सांसदहरुले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन् । नेकपा एमालेका सांसद रघुजी पन्तले मंगलबारको प्रतिनिधि सभा बैठकमा मनसुनको समयमा बाढि पहिरो र डुबानबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीनै तहका सरकार र सरोकारवाला निकायलाई प्रभावकारी कार्ययोजनासहित […]

मुख्‍य समाचार समाज

बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेन : हस्तकला महासङ्घ

२२ जेठ, काठमाडौँ । नेपाल हस्तकला महासङ्घले बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा सम्बोधन गर्न नसकेको बताएको छ । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सोमबार विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८१-८२ को बजेटले महासङ्घ र सार्क विकास कोषद्वारा स्थापना गरिने सार्क हस्तकला विकास केन्द्र नेपालको स्थापना तथा सञ्चालनको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाज

बजार अनुगमन गरिएसँगै खाद्य स्वच्छतामा सुधार

२२ जेठ, चितवन । बजारमा खाद्य स्वच्छतामा क्रमिक सुधार देखिन थालेको छ । निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाद्य स्वच्छतामा सुधार आएको खाद्य प्रविधि तथा डिभिजन कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख सौरभ श्रेष्ठका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा खाद्य बजार अनुगमन ८० पटक, दाना बजार अनुगमन २० पटक, होटल रेष्टुराँ ४३ , […]

मुख्‍य समाचार समाज

हुरीले ढालेको रुख बज्रदा एकजनाको मृत्यु

२२ जेठ, नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा थापाको मृत्यु भएको हो । वनमा उद्धार गर्न […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान

२२ जेठ, कञ्चनपुर । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् । मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो । धानको उत्पादन वृद्धि गरी किसानको आयस्तरमा वृद्धि गर्न ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रधानमन्त्री आधुनिकीरण परियोजना एकाइ कार्यालय कञ्चनपुरसँग सहकार्य गरी ५० […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

महोत्तरीका किसानलाई स्यालोट्युवबेलले राहत

२२ जेठ ,महोत्तरी । थोरै जग्गा भएका साना किसानलाई स्यालोट्युवबेलले राहत भएको छ । सिँचाइका अन्य कुनै साधन स्रोत जुटाउन नसक्ने किसानलाई थोरै लागतमा जडान हुने स्यालोट्युवबेलले राहत मिलेको हो । महोत्तरीमा निम्न वर्गका किसानले सिँचाइ प्रयोजनका लागि स्यालोट्युवबेल जडानतर्फ चासो बढाएका छन् । लगातारको लामो खडेरी र असन्तुलित वर्षाका कारण खेतीपातीमा राम्रो साथ नपाएका […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

दैलेखको नेपामा भूकम्प

२२ जेठ, काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १० : ३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिएका छन् । उनले भने, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, […]