११ श्रावण २०८१, शुक्रबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाज

बजार अनुगमन गरिएसँगै खाद्य स्वच्छतामा सुधार

२२ जेठ, चितवन । बजारमा खाद्य स्वच्छतामा क्रमिक सुधार देखिन थालेको छ । निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाद्य स्वच्छतामा सुधार आएको खाद्य प्रविधि तथा डिभिजन कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख सौरभ श्रेष्ठका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा खाद्य बजार अनुगमन ८० पटक, दाना बजार अनुगमन २० पटक, होटल रेष्टुराँ ४३ , खाद्य उद्योग ८२ अनुगमन गरेको थियो ।

यस्तै दाना उद्योग १६ , हाटबजार मेला तथा महोत्सव अनुगमन सातपटक, संवेदनशील खाद्य पदार्थका उद्योग १० पटक अनुगमन गरेको छ । उनका अनुसार स्थानीय सरकारसँगको समन्वयमा पटकपटक संयुक्त बजार अनुगमन गरिएका कारण खाद्य स्वच्छतामा सुधार आउन थालेको हो ।

पहिला–पहिला होटलमा तेल लामो समय प्रयोग गर्ने, फ्रिजको तापक्रम नमिलाउने, कटन क्यान्डी प्रयोग गर्ने गरेकामा यसलाई रोक लगाउनेगरी काम अघि बढाएसँगै खाद्य स्वच्छतामा केही सुधार आएको पाइएको कार्यालय चितवनका सूचना अधिकारी वन्दना पन्तले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा अहिले केही सुधार भएको पाइएको छ ।

विश्व खाद्य स्वच्छता दिवसको सन्दर्भमा कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको छ । सप्ताहाव्यापी रूपमा सचेतना जगाउने कार्यक्रम गर्दै छ । जसअन्तर्गत सातवटै पालिकामा सचेतनामूलक व्यानर टाँस्ने, फलफूल पकाउन प्रयोग हुने रसायनसम्बन्धी अनुगमन, उद्योग अनुगमन, सेवाग्राहीसँग अन्तक्र्रिया कार्यक्रम गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्