२३ श्रावण २०८३, शनिबार
मनोरन्जन मुख्‍य समाचार

अमेरिकामा विमल सुवेदीको ‘हिटलर आउँदैछ’, वर्षा र जोयशको डेब्यु

८ साउन, काठमाडौँ । अभिनेत्री वर्षा राउतले रङ्गमञ्चमा डेब्यू गर्ने भएकी छिन् । उनले विमल सुवेदीको निर्देशन रहने नाटक ‘हिटलर आउँदैछ’मार्फत् रङ्गमञ्चमा डेब्यू गर्ने भएकी हुन् । नाटकलाई विमल सुवेदी र जोयश पाण्डे मिलेर लेखेका हुन् । जोयश चर्चित चलचित्र ‘साँघुरो’का निर्देशक हुन् । वर्षासँगै उनै जोयस पाण्डेको पनि मुख्य भूमिका रहने नाटक ‘हिटलर आउँदैछ’ को […]

मुख्‍य समाचार राजनीति समाज

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

८ साउन, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

८ साउन, काठमाडौँ ।  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै, बैठकमा केही मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने […]

खेलकुद मुख्‍य समाचार

एसिया कप क्रिकेट : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

८ साउन, काठमाडौँ  । एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमाले–कांग्रेस अहिले पुष्पलालकै बाटोमा छन् : ठाकुर गैरे

साउन ८, काठमाडौं ।। एमाले निकट अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे प्रतिनिधि सभा सदस्य हुन् । पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नेकपा एमालेका वैचारिक एवम प्रभावशाली नेताका रुपमा चिनिन्छन् । ०७० र ०७४ दुवै चुनावमा प्रत्यक्ष निर्वाचनका लागि दावेदार रहेपनि उम्मेदवार बन्नबाट बन्चित भएका गैरे ०७९ को निर्वाचनमा भने नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार सोमप्रसाद पाण्डेलाई […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल घटना : ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी

७ साउन, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ । गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आएर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु

७ साउन, गाजा । गाजामा हमासले बन्दी बनाएका दुई बन्धकको मृत्यु भएको इजराइली अभियान समूह होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरमले सोमबार बताएको छ । फोरमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा अपहृत ३५ वर्षीय यागेभ बुचश्ताब र ७६ वर्षीय एलेक्स डान्सिङको मृत्यु बन्धकहरूलाई घर फर्काउने ‘अत्यावश्यकताको कडा सम्झना’ हो । फोरमले उनीहरूको मृत्यु कहिले […]

मनोरन्जन मुख्‍य समाचार

फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक

७ साउन, काठमाडौं । नेपाली चलचित्र फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमकाबीच दीपक शर्माको शब्द तथा संगीत रहेको गीत ‘आँखै रसिलो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायिका अस्मिता अधिकारी र गायक सविन सुवेदीले स्वर दिएका छन् भने  गीतलाई कविराज […]

मुख्‍य समाचार समाचार समाज

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ३१ जनाको मृत्यु

७ साउन, काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी,पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री मोक्तानले गरिन् आफ्नो कार्यकालमा प्रमुख उपलब्धिहरु सार्वजनिक

७ साउन, मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालमा मन्त्रालयमार्फत गरेका प्रमुख कार्य उपलब्धिहरु सार्वजनिक गरेकी छन् । उनले मन्त्रालयको दोस्रोपटक नेतृत्व गर्दाको अवधि (२०७९-१०-११) देखि (२०८१-०४-०६) गतेसम्म भएका उपलब्धिहरु सार्वजनिक गरेही हुन् । मन्त्री मोक्तानले सार्वजनिक गरेको प्रमुख उपलब्धिहरुको पुस्तिकामा बालबालिका, ज्येष्ठ नागरिक, महिला, शिक्षा लगाएतका क्षेत्रमा भएका उपब्धिहरु समेटिएको […]