३१ श्रावण २०८३, आईतवार
समाचार समाज

ललितपुरको सीडीओमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल

२० पुस, काठमाडौं । गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थियो । मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल गएका छन् […]

मुख्‍य समाचार राजनीति

सरकारले ऐन संशोधन गर्ने विधिलाई मिच्ने काम गरिरहेको छः महामन्त्री थापा

२० पुस, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई मिच्न नहुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले सरकारले विगतको ऐन संशोधन गर्ने विधि र परम्परालाई मिच्दै पछिल्लो समय केही नेपाल […]

राजनीति

एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने

२० पुस, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् । ‘प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागेको थियो । सिफारिस भएका नामको बारेमा प्रारम्भिक छलफल भयो’ उनले भने, ‘क्लस्टरमा पर्ने […]

समाचार समाज

प्रदर्शनकारीको मृत्युपछि स्थानीय प्रशासनले बरहथवामा लगायो कर्फ्यू

२० पुस, जनकपुरधाम । सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । उनका अनुसार बेलुका ५:३० बजेदेखि […]

समाचार समाज

‘भ्रष्टाचारका कसुरदारले कारागारमै बसेर कैद भुक्तान गर्नुपर्ने’

२० पुस, काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा कसुरदार ठहरिएको व्यक्तिलाई शुल्क बुझाएर कैद बापतको सजाय छुट हुन नसक्ने भनी व्याख्या गरेको छ । अरु कसुरमा एक वर्षभन्दा कम सजाय भएमा शुल्क तिरेर कैद बस्न नपर्ने सुविधा हुन भएपनि भ्रष्टाचार मुद्दामा कसुरदार ठहरिएकाहरु कैद नै बस्नुपर्ने भनी व्याख्या भएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता […]

आलु खेतीतर्फ आकर्षित हुँदै म्याग्दीका किसान

२० पुस, गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ६ दरवाङ,७  विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

गोरखाकी एककुमारी बस्नेतले फलाइन् नौ किलोको एउटै काउली

२० पुस, गोरखा । गोरखा नगरपालिका-७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला-२०८०’ को प्रदर्शनीमा राखिएको छ ।  ‘काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ […]

मुख्‍य समाचार समाचार समाज

दिल्ली फर्किए जयशंकर

२० पुस, काठमाडौं । नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन् । नेपालको २ दिने भ्रमण सकेर जयशंकर शुक्रबार मध्याह्न नयाँ दिल्ली फर्किएका हुन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार नेपाल आएका थिए । उनले बिहीबार […]

मुख्‍य समाचार राजनीति

प्रचण्डविरुद्ध सात वर्षअघि परेको परेको अवहेलना मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउने

२० पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गत १८ मंसीरमा निर्णय सुनाउने भनेपनि मिति सरेर आजका लागि तोकिएको हो । उक्त मुद्दामा आज निर्णय सुनाउने भनी पेशी तोकिएको छ । द्वन्द्वकालीन मुद्दावारे माओवादी […]

खेलकुद गण्डकी समाचार समाज

म्याग्दीमा झाडीले भरिएको बगरलाई खेलमैदान  बनाइयो

२० पुस, म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका-५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो । मंगला-५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेका जानकारी दिए […]

मुख्‍य समाचार समाचार समाज

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

२० पुस, काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट हुने भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आज आवेदन माग गरेको छ । त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै गुणका आधारमा उपकुलपति छनोट गर्ने घोषणा […]

अर्थ समाचार समाज

हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा पानी

२० पुस, भरतपुर (चितवन) । चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ । एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो । लिफ्टका चारबाट पम्प फेरेपछि हिउँदमा पनि पानी छाडिएको नारायणी लिफ्ट सिँचाइ प्रणालीका इन्जिनियर कुलप्रसाद चालिसेले जानकारी दिए । उनले दुई हजार लिटर […]