सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको छ : सहरी विकासमन्त्री
१ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले काम गरिरहेको उनको दाबी छ । उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सरकारले राम्रो […]











