१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै

७ मङ्सिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी जान लागेको उनको सचिवालयले जनाएको छ । बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको छ । मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गते सकिनेछ ।

खेलकुद प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिमको आइकोनिक खेलाडीमा वसन्त खत्री छनोट

काठमाडौं । नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतबार संचालन भएको ट्यालेन्ट हन्टबाट वसन्त आइकोनिक खेलाडीको भूमिकामा टोलीमा समावेश भएका हुन् । उनी अब एनपिएल खेल्ने सुदूरपश्चिम रोयल्सको अधिकारिक टोलीमा हुनेछन् । यसबाहेक ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रतिभा छनोट […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर,  अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेटको मूल्य बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

करातेको राष्ट्रिय एलिट प्रशिक्षण शनिबारदेखि

काठमाडौं । काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ । प्रशिक्षणमा करिब १ सय ५० प्रशिक्षकको सहभागिता रहने आयोजक महासंघका अध्यक्ष ज्ञानबहादुर जिम्बाले जनाएका छन् । सहभागीलाई करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिने […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

हरेक दिन साँझ काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङ्का लागि खुला हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखी हरेक साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । महानगरपालिकाले  दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि निःशुल्क पार्किङ उपलब्ध गराउने भएको  हो । प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भने, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजधानीमा आज एमालेले शक्ति प्रदर्शन गर्दै

काठमाडौं ।  सत्तारुढ दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको हो । सभा अघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन

काठमाडौँ, ६ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ  उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएका छन् । मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेका कारण पानी सहज रुपमा वितरण हुन नसकेको जानकारी आएपछि मन्त्री यादवले पानी नजानुका कारण र उपत्यकावासीका धारामा पानी पुगे […]

अनौठो संसार मुख्‍य समाचार समाचार समाज

चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण

एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा केन्द्रीत सम्मेलन एआई क्षेत्रको प्राविधिक र औद्योगिक विकासहरूमा धेरै ध्यान केन्द्रीत पनि गरेको छ । विशेषगरी स्मार्ट रोबोट कुकुरले धेरैको ध्यान खिचेको छ । टाउकोमा जडान गरिएको क्यामेराको […]

मुख्‍य समाचार समाचार समाज

नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति

काठमाडौँ, ६ मङ्सिरः सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले आज उक्त फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा अनुमति दिएपछि पुनः सुनुवाइ हुने भएको हो । यसअघि, न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र […]

अर्थ कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

ताप्लेजुङ, ६ मङ्सिरः कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को रु एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जनताले महसुश गर्नेगरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुश गर्ने गरी काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा […]