३१ श्रावण २०८३, आईतवार
राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन, पार्टीले सन्चालन गरेको जनतासँग माओवादी विशेष अभियान, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए । […]

समाचार समाज

एकीकृत समाजवादी बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश

२ पुस, काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश भएको छ ।सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको हो । पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव […]

राजनीति

अदालतमा एआईको प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुन्छुः प्रस्तावित न्यायाधीश ढकाल

२ पुस, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई)को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताएका छन् । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित न्यायाधीश ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स(एआई)को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताएका हुन् । उनले भने, ‘आर्टिफिसियल इन्टेलीजेन्स्को प्रचुर मात्रामा प्रयोग हुँदै […]

मनोरन्जन मुख्‍य समाचार

इण्डियन आइडलमा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल

२ पुस, काठमाडौं । नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् । पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका थिए । मेनुकाले आफैंले हार्मोनियम बजाएर […]

मुख्‍य समाचार समाचार समाज

दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिविले बनायो कीर्तिमान

२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) […]

समाचार समाज

डा. गोविन्द केसीले तोडे अनसन

२ पुस, धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसी अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना […]

समाचार समाज

मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन

२ पुस, काठमाडौं । काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ । रोल… सोमवार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामग्री प्रदर्शन गरेका थिए । उनीहरुले मेलम्ची पानी छिटो खोल, […]

मुख्‍य समाचार समाचार समाज

आज त्रिविका १२ हजार विद्यार्थी दीक्षित हुँदै, गिनिज बुक अफ वल्ड रेकर्ड कायम हुने दाबी

२ पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ । समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए । समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने उनले बताए । यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल […]

राजनीति

हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध छः मन्त्री ज्वाला

१ पुस, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पुर्या‍इरहेको बताएका छन् । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको आजको बैठकमा उनले कञ्चनपुर,  बेलौरी पचुई क्षेत्रमा बाधा पुर्‍याइएको जानकारी दिए । मन्त्री ज्वालाका अनुसार त्यस क्षेत्रमा सीमा विवादको […]

बैंक–वित्त

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै पाटे बाघ देख्न पाइने

१ पुस, चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै […]

बैंक–वित्त

मानव अधिकार आयोगले भन्यो : रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धार गर

१ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको  छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको भन्दै आयोगले उक्त युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो । केही […]

मुख्‍य समाचार राजनीति

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक सुरु

१ पुस, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आजबाट सुरु भएको छ । बैठक यही पुस ३ गतेसम्म जारी रहने छ । काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा अहिले बिहान केहीबेर अघिदेखि बैठक सुरु भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए । उनका अनुसार अहिले बैठकमा […]