३ कार्तिक २०८३, सोमबार
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

अर्थ समितिसभापतिचालिसेको दाबीः‘पैसा छ, तर बजार चलायमान छैन’

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशको बजार सुधारन्मुख रहेको दाबी गरेका छन्। बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३०औं वार्षिक साधारण सभामाबोल्दै सभापतिचालिसेले बजारमा पैसा अभावनभएपनित्यसले अपेक्षाकृत गतिशीलतालिननसकेको बताएकाहुन् । उनले भने, “पैसाको खाँचो छैन। पैसै पैसा छ तर बजार चलायमान छैन। यो बडो दुःखको कुरा हो। तर अहिले सुधार भइरहेको छ। व्यवसायीक साथीहरूले काम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएन्, देउवा प्रधानमन्त्री निश्चित

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको स्पष्ट पारेका […]

कोशी पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटकको रोजाइको गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

२० मङ्सिर, भोजपुर । पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा(छिन्तालुङ) पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले यहाँको विकासका लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रका रुपमा स्थापित भएको हो । सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य रहेकाले घुमघामसँगै शहरी जीवनशैलीको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरिएको छ । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव […]

अर्थ गण्डकी जीवनशैली फिचर (Main Feature) मुख्‍य समाचार समाचार समाज

दूध बेचेर वार्षिक २० लाख कमाइ

२० मङ्सिर, ढोरपाटन (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुगे । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुगेका कँडेल पाँच वर्षपछि स्वदेश फके । विदेशको दुःख देखेपछि स्वदेश फर्किनुभएका उसले काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गरे । होटल व्यवसाय राम्रो भए पनि उसलाई गाउँघरको यादले […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिमको लागातार दोस्रो जीत, काठमान्डु गोर्खाजलाई ७३ रनले हरायो

२० मंसिर, काठमाडौं । नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग एनपीएल मा लगातार दोस्रो जित हात पारेको हो । नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५।५ ओभरमा ९४ रनमै अलआउट भयो । नरेन जारी एनपीएद्यमा […]

मुख्‍य समाचार समाचार समाज

जमिन उत्खनन् र बजारीकरणले पानीको मुहानहरु सबै सुक्दै गएका छन् : खेमराज ओली

शुद्ध र स्वच्छ खानेपानी पिउन पाउने आम नागरिकको नैसर्गिक अधिकार हो । तर खानेपानी विषय राज्यको प्राथमिकतमा छैन् । बजेट र नीति निर्माणमा राज्यको भूमिका प्रभावकारी देखिदैन् । यसै सिलसिलामा देशभरका १ सय ३५ उपभोक्ता संस्था आबद्ध भएको राष्ट्रिय साना सहरी उपभोक्ता तथा सरसफाइ महासंघका केन्द्रीय उपाध्यक्ष खेमराज ओलीसँग नेपाल न्यूज बैंकले समसायिक मुद्दामा संवाद […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

२० मङ्सिर,  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ उनी प्रस्थान गरेका थिए । त्यहाँ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौंलाई सुदूरपश्चिमले दियो १ सय ६८ रनको मध्यम लक्ष्य

२० मङ्सिर,  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । बिहीबार टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन लिएको हो । सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२० मङ्सिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश फर्किएका  छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका उनी  आज स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका […]

कर्पोरेट प्रवास बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

१० घण्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द : व्यवसाय आधा घट्यो, छिट्टो काम सक्न दबाब

२० मङ्सिर, काठमाडौं । सरकारले २३ कार्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिनाका लागि दैनिक १० घण्टा बन्द गरेर स्तरोन्नतिको काम गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि २३ कार्तिकबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न थालिएको हो । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कोइकाले थिमि अस्पतालमा टीकापुर अस्पतालबाट आएका बिरामीलाई सहुलियत

२० मङ्सिर, काठमाडौं । कोइका नेपाल र मध्यपूर थिमि नगरपालिकाको साक्षीमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच २०२४ डिसेम्बर ५ मा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रका प्राथमिक लक्ष्यहरु बिरामी रेफरल सेवाहरुमा सुधार र स्वास्थ्य सेवामा पहुँच बढाउनु हो । दुवै अस्पताल कोइकाको आर्थिक सहयोगमा स्थापना भएका हुन् । नेपाल कोरियामैत्री नगरपालिका […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बोक्से–सिगाना खण्डमा स्तरोन्नति सम्पन्न

२० मङ्सिर, गलकोट (बागलुङ) । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न अलकत्रा बिछ्याउन बाँकी छ । विसं २०७९ साउन ३० गते ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिकअन्तर्गतको बागलुङ बजारबाट सिगना हुँदै शान्तिपुर जोड्ने सडक कालोपत्रको चरणमा […]