३ कार्तिक २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

२१ मङ्सिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे । प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा संग्लग्न चिकित्सकहरुसँग […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सबैभन्दा ठूलो समस्या चुनावको बेला मात्र लोकतन्त्रको अभ्यास गर्नु हो : गोविन्दप्रसाद बन्दी

२१ मङ्सिर, काठमाडौं । पूर्व कानून मन्त्री गोविन्दप्रसाद बन्दीले सबैभन्दा ठूलो समस्या चुनावको बेला मात्र लोकतन्त्रको अभ्यास गर्नु नै भएको बताएका छन् । संक्रमणकालीन न्याय प्रक्रियाको विश्वसनीयता अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले चुनावको समयमा लोकतन्त्रको सबै कुरा पूरा गर्ने तर चुनावमा निर्वाचित भैइसकेपछि जनताका सबै सबै कुरा भूल्ने गरिएको बताएका हुन् । उनले भने, ‘संसारको सबैभन्दा ठूलो […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

उत्कृष्ट निजी करदातालाई उद्योग परिसंघको सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी

२१ मङ्सिर, काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०।८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मानित गरेको छ । होटलका कार्यकारी निर्देशक सुरेशराज श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका छन् । होटलले यसभन्दा अगाडि पाँच पटक पर्यटन क्षेत्रमा उत्कृष्ट करदाता बन्दै नेपाल […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए

२१ मङ्सिर, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए)अनुदान प्राप्त गरेकी छिन् । प्राध्यापक त्रिपाठीले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा अनुसन्धान गर्न बेलायतको ब्राइटन विश्वविद्यालयबाट ओडीए अनुदान प्राप्त गरेकी हुन् । गुल्पर टेक्नोलोजी एउटा म्यानुअल सेप्टिक ट्याङ्की खाली गर्ने यन्त्र हो जुन […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खानु हुँदैन

२१ मङ्सिर, काठमाडौँ । काठमाडौँसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् । जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । […]

मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

वीरगञ्ज भन्सारको विस्तारित सेवा पुसदेखि

२१ मङ्सिर, वीरगञ्ज (पर्सा) । वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पुस १ गतेदेखि वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एआइ सम्बन्धी नीति ल्याउने तयारीमा सरकार

२१ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइको पोलिसी एक महिनाभित्र आउने बताएका छन् । शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजले आयोजना गरेको इन्जिनियरिङ एक्सपो २०२४ मा बोल्दै मन्त्री गुरुङले सरकार आइटी क्षेत्रको विकासका लागि गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन् । उनले भने, ‘आइटीको क्षेत्रमा एआइको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपिएलमा कीर्तिमानै कीर्तिमान, गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित

२१ मंसिर, काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हात पारेको छ । गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो । पोखराले पहिलो जितमा एनपीएलमा चार कीर्तिमान पनि बनायो । जसमा गौसको पहिलो शतक समेत रह्यो […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

२१ मङ्सिर, काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को नियमित मञ्चन भइरहेको छ । सन्तानसुखको आशामा बसेका आमदम्पतीको मनोदशा, संवेग र कठिनाइको आयामलाई नाटकमार्फत प्रस्तुत गरिएको निर्देशक केदार श्रेष्ठले बताए । “दम्पतीको सन्तान प्राप्तिको उत्कट चाहना र त्यससँगै आउँने जटिलतामा आधारित नाटकमा मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको छौँ […]

गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

२१ मङ्सिर, गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएको छ । प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा उसले प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० अनुसार ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाउने जानकारी दिए । “उक्त नियमावली मन्त्रिपरिषद्बाट पास हुने […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री भण्डारीले गरे सातवटा उद्योग/ प्रतिष्ठानलाई सम्मान

२१ मङ्सिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट  व्यवस्थापन गर्ने प्रतिष्ठानहरुलाई  सम्मान गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले सातवटा उद्योग/प्रतिष्ठानहरुलाई सम्मानित गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मर्यादित श्रमको अवधारणा बमोजिम श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्न […]

कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सिक्रेटारमा ‘साझेदारी स्वास्थ्य बिमा’ कार्यक्रम

२१ मङ्सिर, भोजपुर । जिल्लाको अरुण गाउँपालिका–७ सिक्रेटारले ‘नागरिक साझेदारी स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । वडाले आर्थिक रूपमा कमजोर भएका तथा विपन्न नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको यही मङ्सिर १२ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार वडाले नागरिकको आवेदन सङ्कलन थालेको छ । कार्यपालिकाको निर्णयमा उल्लेख भएको […]