१६ श्रावण २०८३, शनिबार
प्रवास मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाली नेताहरुको जम्बो टोली कम्बोडियातर्फ, यस्तो छ सूची

६ मङ्सिर, काठमाडौं । नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरु बुधबार राति कम्बोडिया गएका हुन। नेताहरु कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ । सामाजिक संजालहरुमा एमाले नेता डा.राजन भट्टराईसहित केही नेता एकाएक कम्बोडियातर्फ लागेको भन्दै धेरैले चासो राखेका छन। त्यस्तो […]

मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा १५ प्रतिशत परिवार अझै शौचालयको पहुँच बाहिर

६ मङ्सिर, महोत्तरी । यहाँका १५ प्रतिशतभन्दा बढी घरपरिवार अझै शौचालय पहुँच बाहिर छन् । दुई दिनअघि गत मङ्गलबार विश्व शौचालय दिवस मनाइँदा सरसफाइको मुख्य पाटो मानिने शौचालय नभएका अझै महोत्तरीमा १५ दशमलव चार प्रतिशत घरपरिवार रहेको तथ्याङ्क छ । खासमा सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक अवसरको पहुँच बाहिरका सिमान्तकृत जाति समुदायका घर शौचालयविहीन छन् […]

अर्थ कर्णाली मुख्‍य समाचार समाचार समाज

कर्णालीमा खर्च नै हुँदैन बजेट

६ मङ्सिर, भेरीगङ्गा (सुर्खेत) । सङ्घीय संरचनाअनुसार प्रदेश सरकार गठन भएदेखि नै कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्च हुन सकेको छैन । त्यति मात्र होइन प्रत्येक वर्ष विनियोजित सबै बजेट कार्यान्वयन नभएर फिर्ता हुने क्रम कायमै छ । कर्णाली प्रदेश लेखानियन्त्रक कार्यालयका अनुसार कर्णाली प्रदेश सरकारले समग्रमा दुईतिहाइसम्म मात्रै बजेट खर्च गर्न सकेको छ । कार्यालयका […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

६ मङ्सिर, खजुरा (बाँके) । नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ । मन्दिरको फाउन्डेसन (बेस) र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमानगरपालिकाका इञ्जिनीयर सुरज शर्माले बताए । उसका अनुसार हनुमानको खुट्टा ढलानको काम सम्पन्न भएको छ । […]

कोशी मुख्‍य समाचार समाचार समाज

पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

६ मङ्सिर, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले यही मङ्सिर २१ र २२ गते बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र सङ्कायको आयोजनामा नेपालमा पहिलो पटक ‘प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षाशास्त्र सङ्कायका डीन प्राडा अनिलकुमार पोखरेलले सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन

६ मङ्सिर, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले साजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा उसले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्र उप्काएर काम […]

अर्थ कोशी जीवनशैली मुख्‍य समाचार समाचार समाज

पूर्वी तराईमा भाक्का खानेको भीड

६ मङ्सिर, झापा । उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुगछन पाहानी राजवंशी र सुरु गरछन् माटाको भाडामा भाक्का पकाउन । यतिबेला उसको दैनिकी नै बनेको छ यो काम । मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भएकी ६० बर्षीया राजवंशी भाक्का पकाएर बेच्नकै लागि मेचीनगर–१० को धुलाबारी चोकमा विहान ४:३० बजे नै पुगछन । पूर्वपश्चिम राजमार्गको […]

अर्थ जीवनशैली लुम्बिनी समाचार समाज

तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत

६ मङ्सिर, घोराही (दाङ) । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उसले यो पेसा गर्न थालेको आठ वर्ष भयो । विगत लामो समयदेखि गर्दै आएको व्यवसायप्रति इन्द्रा खुसी हुन्छ । सुरुका दिनमा फूलको व्यावसायिक खेती गर्दा छिमेकीले फूल पनि बेच्ने भनेर गिज्याउने गरेको उसँग अनुभव छ । “पछिल्लो समय […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस सम्पन्न ।

६ मङसिर, काठमाडौँ । जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस जनसांस्कृतिक महासङघ नेपालले भव्यतापूर्वक मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा ‘माओवादी केन्द्र’ का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले खुसीराम पाख्रिनको तस्बिरमा अबिरसहित माल्यार्पण गर्नुभयो । अतिथि सापकोटाले खुसीराम पाख्रिनको गीत लेखन, कविता लेखन, संस्मरण लेखन, ओपेरा लेखन तथा निर्देशनमा व्यक्त विचार र भावना नेपाली क्रान्तिका […]

प्रवास मुख्‍य समाचार समाचार समाज

टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी

६ मङसिर, काठमाडौँ । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले  राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो । राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली सङ्गठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य सङ्ख्यामा  टोरन्टोमा रहेका नेपाली प्रवासीलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण

६ मङसिर, एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा केन्द्रीत सम्मेलन एआई क्षेत्रको प्राविधिक र औद्योगिक विकासहरूमा धेरै ध्यान केन्द्रीत पनि गरेको छ । विशेषगरी स्मार्ट रोबोट कुकुरले धेरैको ध्यान खिचेको छ । टाउकोमा जडान गरिएको […]

मुख्‍य समाचार समाचार समाज

पोखरा र काठमाडौंमा संसद् शिविर हुने

६ मङसिर, काठमाडौं  । हिमालयन मेडिटेशन शिवकृपानन्द स्वामी फाउण्डेशनका संस्थापक बाबा स्वामीले (गुडविल एम्बास्डर अफ नेपाल–२०२०) ले नेपालको आध्यात्मिक, योगा तथा वेलनेश पर्यटन प्रर्वद्धनका लागि नेपालमा ध्यान शिविर आयोजन गर्न लागेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर १४ र  १५ गते पोखरामा संसद् शिविर र  रंगशालामा आम जनताका लागि ध्यान शिविर हुने बताएका हुन्  […]