१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण

६ मङ्सिर, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

६ मङ्सिर, गलकोट (बागलुङ) । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् । बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने

६ मङ्सिर, काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । गुहेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डीपो स्थानान्तरण हुनेछ । आयल निगमले २०८४ मंसिरभित्र डीपो स्थानान्तरण गरिसक्ने गरेर नयाँ अत्याधुनिक डिपो बनाउने भएको हो । त्यसका […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार गरेको छ : निर्देशक पौडेल

६ मङ्सिर, काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नुपर्ने बताए । राजनीतिकर्मी शंकर तिवारीले अधिकांश फिल्ममा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

६ मङ्सिर, काठमाडौं  । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने बताइएको छ । बैठकले प्रधानमन्त्री ओलीको आगामी साता हुने भनिएको चीन भ्रमणको कार्यतालिकालाई स्वीकृत गर्ने बुझिएको छ । त्यस्तै बैठकमा  केही नियुक्ति तथा बढुवाका […]

मुख्‍य समाचार समाचार समाज

भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने

६ मङ्सिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने भएका छन् । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने  परम्परा छ । राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो पौने २ बजे द्विवेदीलाई मानार्थ महारथीको सम्मान कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले […]

मुख्‍य समाचार समाचार समाज

बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने

६ मङ्सिर, काठमाडौं । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ । सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले […]

मुख्‍य समाचार समाचार समाज

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

६ मङ्सिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक  मूल्य अनुसार आज आलुको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतिकिलो ८० रुपैयाँ रहेको स्वदेशी रातो आलु आज ७० रुपैयाँमा झरेको छ । भारतीय रातो आलु पनि प्रतिकिलो ७० रुपैयाँ छ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

टी–२० अलराउन्डरतर्फ दीपेन्द्र ऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षमा

६ मङ्सिर, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयता सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा भारतीय क्रिकेटर हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । उनी दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । यसअघि गएको जुलाईमा पनि उनी शीर्ष स्थानमा पुगेका थिए । यो […]

मुख्‍य समाचार विचार समाचार समाज

जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता

६ मङ्सिर, हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट बीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ । बुधबार म्यानेजमेन्टमै जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारको रुपमा रहनेछ । प्रायोजन […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेसँग बराबरीमा रोकियो ब्राजिल

६ मङ्सिर, काठमाडौं । दक्षिण अमेरिकी विश्वकपअन्तर्गत भएको खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिएका छन् । गएराति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले १÷१ गोल गरे । खेलको ५५औँ मिनेटमा उरुग्वेका लागि फेडेरिकोले गोल गर्दै ब्राजिलविरुद्ध टिमलाई अग्रता दिलाए । तर, ६२औँ मिनेटमा ब्राजिलका […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि फिल्म साउथ एसिया महोत्सव

६ मङ्सिर, काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् । […]