२४ कार्तिक २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सामाजिक सञ्जालमा हतियार देखाउँदै त्रा*स सिर्जना गरेको आरोपमा एकजना पक्राउ

१ असोज, काठमाडौं । पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् ।

सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रा*स सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार वीरगञ्ज-प्रतिमा चोकबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।प्रहरीले पटेललाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा अनुसन्धान भइरहेको र त्यस्ता गतिविधिमा संलग्न अन्यको पनि खोजतलाश भइरहेको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि