९ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रित होस् : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन मात्र गरेर नागरिकले सहज स्वास्थ्य सेवा वा सुलभ मूल्यमा औषधि पाउने अवस्था नबन्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना, स्पष्ट नीति र नागरिकले प्रत्यक्ष राहत महसुस […]

मुख्‍य समाचार राजनीति समाचार

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्न नहुने बताएका छन् । वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताएका हुन् । आज सामाजिक सञ्जालमा लेख्दै आचार्यले बाढी र डुबानपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका […]

अर्थ मुख्‍य समाचार समाचार

डलरको भाउ बढ्दा इन्टरनेट कम्पनीहरु मारमा : कराेडाैँ नाेक्सानी बेहाेर्दै

काठमाडौं । अमेरिकी डलरको मूल्य निरन्तर बढ्दै जाँदा नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरू करोडौँ रुपैयाँको वैदेशिक विनिमय नोक्सानी व्यहोर्न बाध्य भएका छन्। इन्टरनेट उपकरण र नेटवर्क पूर्वाधारका अधिकांश सामग्री विदेशबाट आयात गर्नुपर्ने भएकाले बढ्दो विनिमय दरले सञ्चालन लागत उल्लेख्य रूपमा बढाएको छ। यस्तो दबाबका बीच बजारको अग्रणी कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले मात्रै गत आर्थिक वर्षमा […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

खोसिएको जागिर र बेरोजगारीको पीडा पछि विवेकले रोजे आत्मदाहको बाटो

सर्लाही । विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी मण्डलको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो मण्डलले आफ्नै शरीरमा आगो लगाएका थिए । घटनालगत्तै उनलाई […]

अर्थ मुख्‍य समाचार समाचार

निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या घटाउन कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार एकीकृत निर्देशन, २०८२ संशोधन तथा परिमार्जन गर्दै ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई यस्तो निर्देशन […]

अर्थ मुख्‍य समाचार समाचार

सुनको मूल्य सामान्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ४ […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै गर्दा देशको वास्तविक अर्थतन्त्रलाई बलियो बनाउन आफ्नो लगानी केन्द्रित गरेको छ । ‘बैंकिङ्ग एण्ड बियोन्ड’ को मूल नाराका साथ अघि बढेको बैंकले परम्परागत बैंकिङ्गभन्दा माथि उठेर मुलुकको दिगो विकासमा टेवा पुग्ने क्षेत्रहरूमा आक्रामक रूपमा कर्जा विस्तार गरिरहेको छ । […]

खेलकुद विशेष समाचार समाचार

विश्वकप सेमिफाइनल समीकरण पूरा, फ्रान्स–स्पेन र अर्जेन्टिना–इङ्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गरेसँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । यसपटक विश्वकपको सेमिफाइनल निकै रोचक र कडा प्रतिस्पर्धात्मक हुने भएको छ । फिफा विश्व वरीयताको शीर्ष चार स्थानमा रहेका फ्रान्स, […]

खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार

अतिरिक्त समयमा स्विट्जरल्यान्डमाथि ३–१ को जित, अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो। कप्तान लियोनल मेसीको कर्नरमा म्याक एलिस्टरले हेडरमार्फत गोल गरेका थिए […]

खेलकुद समाचार

स्विट्जरल्यान्डको शानदार पुनरागमन, अर्जेन्टिनाविरुद्ध खेल १–१ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा रिकार्डो रोड्रिगेजको सटीक असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरी दिलाएका हुन् । अर्जेन्टिनाको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै एनडोयेले सहज फिनिसिङ गरेका थिए । यसअघि खेलको […]

खेलकुद समाचार

म्याक एलिस्टरकाे गोलमा अर्जेन्टिनाकाे सुरुआती अग्रता 

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनाका लागि सुरुआती अग्रता दिलाएका छन् । अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलको १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १—० को अग्रता दिलाए । स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले सुरुआती गोल गर्दै सेमिफाइनलको यात्रातर्फ बलियो संकेत बनाइ रहेको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताएकी छन् । २०८३ साल असार २० गते राति करिब ११ः३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे […]