९ आश्विन २०८३, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित क्षेत्रमा चल्यो डोजर

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनामा सोमबार बिहानै डोजर चलाइएको छ । मन्त्रालयको निर्देशन र अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरेर एक घण्टाभित्रै ३२ वटा व्यावसायिक सटर भत्काइएको हो । अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल […]

बागमती मुख्‍य समाचार विशेष समाचार

२८ सय रुपैयाँले घट्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि १००रुपैयाँले घटेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राहदानी विभागले सुरु गर्यो नयाँ प्रणाली, एक करोड नागरिकको विवरण सुरक्षित रूपमा स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै २)८३ साल असार २( गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो । विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मेची राजमार्ग अवरुद्ध : निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित

इलाम । पूर्वी पहाडी जिल्लाहरूको मुख्य आर्थिक तथा यातायातको मेरुदण्ड(लाइफलाइन) मानिएको मेची राजमार्गको इलाम–राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षा र जमिन भासिने क्रम नरोकिँदा इलाम सदरमुकाम सहितका माथिल्ला क्षेत्रहरू जिल्लाकै अन्य भूभाग र तराईबाट विच्छेद भई ‘टापु’ सरह बनेका छन् । सडकको समयमै स्तरोन्नति तथा निर्माण कार्य पूरा नहुनु र यस […]

कर्णाली मुख्‍य समाचार समाचार

जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु

जाजरकोट। जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका – २, राङ्सी निवासी ६० वर्षीया जयशिला शाहको पहिरोमा परी मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको निरन्तर वर्षापछि आएको पहिरोले २०८० साल कार्तिक १७ गतेको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरा पुरेको थियो। टहराभित्र रहेकी […]

बागमती मुख्‍य समाचार विशेष समाचार

भानुभक्तको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउनुपर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण गर्ने नभई उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज, भाषा र संस्कृतिका लागि ऐतिहासिक रहेको उल्लेख गरे […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन् । गृहमन्त्री गुरुङले आइतबार नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गर्दै आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयले पहल गरेको जनाइएको छ । गृहमन्त्री गुरुङले नागरिकता हस्तान्तरण गर्दै पीडित परिवारलाई राज्यका तर्फबाट आवश्यक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको छ। जसको कारण कोशी गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको तराई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २९ असारः आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेका […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’

काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ । प्रसाईँले झापाबाट काठमाडौं आएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए । तर विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौं […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकारको १८ बुँदे प्रतिबद्धता कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ स्थापना गरिँदै

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिबद्धता र प्राथमिकताका कार्यक्रमहरूको कार्यान्वयनलाई चुस्त र प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘प्रधानमन्त्री कार्यसम्पादन एकाइ (पीएम डेलिभरी युनिट)’ स्थापना गर्ने भएको छ । गत असार १८ गते मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १८ बुँदे राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनको अनुगमन, समीक्षा तथा अन्तरनिकाय समन्वयको मुख्य जिम्मेवारी यस एकाइलाई सुम्पिने तयारी प्रधानमन्त्री कार्यालयले गरेको […]

मुख्‍य समाचार राजनीति समाचार

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियता : मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु 

काठमाडौं । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मार्कीचोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए । उनले स्थानीय पालिकाका जनप्रतिनिधि र […]