१३ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

पोखराको फिस्टेल डेरीद्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रा. लि. द्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि उक्त खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा यस्तो कैफियत भेटिएको हो । विभागका अनुसार खाद्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भारतले सुन–चाँदी आयातमा गरेको कडाइले नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । भारत सरकारले हालै सुन, चाँदी तथा प्लाटिनमजस्ता बहुमूल्य धातु आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा देखिन सक्ने विश्लेषण सरोकारवालाहरुले गरेका छन् । नयाँ व्यवस्थाअनुसार भारतले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याइएको छ । त्यस्तै, प्लाटिनममा लाग्ने शुल्क ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छः परराष्ट्रमन्त्री

काठमाडौँ, ३ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम […]

बागमती मुख्‍य समाचार विशेष समाचार

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ सोलुखुम्बु

सोलुखुम्बु । पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगसँगै कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले ‘एआई पत्रकारिता तालिम’ सञ्चालन गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सञ्चालन हुन लागेको उक्त तीन दिने विशेष तालिम आगामी जेठ ४ गतेदेखि ६ गतेसम्म सल्लेरी, सोलुखुम्बुमा आयोजना […]

बागमती मुख्‍य समाचार समाचार

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

काठमाडौं । नेपाली पर्वतारोहणका जीवित किंवदन्ती मानिने कामी रीता शेर्पाले विश्व कीर्तिमानलाई फेरि एक पटक विस्तार गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो ३२औँ सफल आरोहण गरेका छन् । आज बिहान १०ः१२ बजे उनले सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । यो उपलब्धिसँगै उनले आफैंले बनाएको सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानलाई थप मजबुत बनाएका छन् […]

मधेश मुख्‍य समाचार समाचार

सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक पक्राउ, दुई जना नियन्त्रणमा

सिरहा । सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा ट्रकसहित दुई जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कारोबार भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ३३० रुपैयाँले घटेको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

वर्तमान सरकार नागरिक अधिकारमाथि बन्देज लगाउन खोजिरहेको छ : प्रचण्ड

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताएका छन् । सरकारका गतिविधीले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उनले बताए । कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत पुगेका प्रचण्डले आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारका क्रियाकलापहरु लोकतान्त्रिक नभएको टिप्पणी गरे । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन् । आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पु¥याएको उल्लेख […]

बागमती मुख्‍य समाचार समाचार

नीतिगत अस्पष्टताका कारण मोबाइल व्यवसायीले दुःख पाइरहेका छन् : रमेश कुमार घिमिरे

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रमेश कुमार घिमिरेले सेकेण्डह्याण्ड मोबाइलको वैध कारोबार नहुँदा र अनलाइन पेमेन्ट सिस्टमका कारण व्यवसायीहरुले दुःख पाइरहेको बताएका छन् । चोरीका मोबाइल सेटबाट अनलाइन पेमेन्ट गर्दा समेत व्यवसायीहरुले अनावश्यक दुःख पाएको र साइबर ब्यूरोसम्म धाउनुपर्ने अवस्था आएको पनि बताए । हालै काठमाडौंमा सम्पन्न भएको नेपाल मोबाइल व्यवसायी महासंघको […]

बागमती मुख्‍य समाचार समाचार

वैज्ञानिकहरूको नयाँ खोज : ऊर्जा अभावले बढ्न सक्छ डिमेन्सिया

काठमाडौं । अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ । अनुसन्धानकर्ताहरूले मस्तिष्कका कोशिकाभित्र रहेका‘माइटोकन्ड्रिया’लाई अस्थायी रूपमा सक्रिय बनाउँदा डिमेन्सियाग्रस्त मुसामा स्मरणशक्ति सुधारिएको बताएका छन् । वैज्ञानिक जर्नल नेचर न्यूरोसाइन्समा प्रकाशित अध्ययन अनुसार फ्रान्सको मर्म बोर्डो विश्वविद्यालयको न्यूरोसेन्टर माजेन्डी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा

काठमाडौं । भारत सरकारले उच्च शुद्धतायुक्त चाँदी (सिल्भर) आयातमा कडाइ गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले शुक्रबार नयाँ सूचना जारी गर्दै केही प्रकारका चाँदी आयातलाई ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखेको हो । ‘नोटिफिकेशन नम्बर १७÷२०२६–२७’ अनुसार ९९.९ प्रतिशत वा सोभन्दा बढी शुद्धता भएको चाँदी बारको आयात अब भारतीय रिजर्भ बैंकको […]