२८ असार २०८३, आईतवार
खेलकुद विशेष समाचार समाचार

विश्वकप सेमिफाइनल समीकरण पूरा, फ्रान्स–स्पेन र अर्जेन्टिना–इङ्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गरेसँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

यसपटक विश्वकपको सेमिफाइनल निकै रोचक र कडा प्रतिस्पर्धात्मक हुने भएको छ । फिफा विश्व वरीयताको शीर्ष चार स्थानमा रहेका फ्रान्स, स्पेन, अर्जेन्टिना र इङ्ल्यान्डले नै यसपटक सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

क्लासिक क्वार्टरफाइनल भिडन्तहरूमा वरीयताको पहिलो स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । यस्तै, स्पेनले बेल्जियमलाई २–१ ले पाखा लगाउँदा इङ्ल्यान्डले नर्वेमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको थियो । अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले निर्धारित ९० मिनेटको १–१ को बराबरीपछि अतिरिक्त समयमा दुई गोल थप्दै स्विट्जरल्यान्डको चुनौती समाप्त पारेको हो ।

अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच महाभिडन्त हुनेछ भने दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इङ्ल्यान्ड आमनेसामने हुनेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected