१३ असार २०८३, शनिबार
कोशी मुख्‍य समाचार समाचार

संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक

सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आईसकेपछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरुप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरुपका कामलाई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रोल नं १ ले ल्यायो दर्शकका लागि नयाँ स्किम

काठमाडौं । चलचित्र ‘रोल नं १’ ले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम अघि सारेको हो । निर्माण टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ भिडियो प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अफर ल्याएको हो । यो प्रतिस्पर्धाका लागि […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्यो : गुरु बराल

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए । उनले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५÷१५ हजार रुपैयाँ उपलब्ध गराउने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार सदनप्रति र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राखे । ‘हामीले हाम्रो व्यक्तिगत प्रश्न नभएर सरकारको प्रश्न सरकारका सम्बन्धित […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सदनमा श्रम संस्कृति पार्टीले आज पनि गर्यो विरोध

काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कर्णालीको मौलिकतामा नीति, कार्यक्रम र बजेट बनाउन सुझाव

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यहरुले आगामी बर्षको निती तथा कार्यक्रम र बजेट कर्णालीको मौलिकता र आवश्यकतामा बनाउन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले आकर्षक कार्यक्रमभन्दा पनि कार्यान्वयनमुखि निती बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन । कर्णाली प्रदेशसभामा सरकारले प्रस्तुत गरेको आगामी बर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले सरकारलाई सुझाव दिएका हुन् […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत नगरपालिका अघि बढेको बताएका छन् । नगर प्रमुख खड्काले पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा नगरपालिका ‘पर्यटन गुरु योजना’ लाई आत्मसात गरेर अघि बढेको बताएका हुन् । नगरभित्र सम्भावना बोकेका पर्यटकीय क्षेत्रको उजागरको लागी नगरपालिकाले निति तथा […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

कार्यचाप र भौगोलिक चुनौतीका कारण रोङ गाउँपालिकामा आइतबार पनि सेवा प्रवाह

इलाम । इलामको रोङ गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने र बिहान ९ बजेदेखिनै कार्यालय खोल्ने व्यवस्था लागू गरेपछि स्थानीय तहमा अपेक्षित सेवा प्रवाह हुन नसकेको निष्कर्ष निकाल्दै गाउँपालिकाले आफ्नै सहजता अनुसार निर्णय गरेको हो । गाउँपालिकाको जेष्ठ ४ गते बसेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आधारभूत अस्पतालको भवन बन्यो, भएन अस्पताल र दरबन्दी स्वीकृति

रामेछाप । रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आधारभूत अस्पतालको भवन बनेको भए पनि अस्पताल स्विकृत नहुँदा सञ्चालनमा आउन सकेको छैन । केपी ओली प्रधानमन्त्री भएको बेला देश भरका स्थानीय तहमा कम्तीमा एउटा आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुसार यो अस्पतालको भवन निर्माण भएको थियो । संघीय सरकारको बजेटबाट अस्पताल भवन निर्माण भए पनि अस्पताल […]

बागमती मुख्‍य समाचार समाचार

‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिन्छ : माधव नेपाल

काठमाडौं । नेपाली चलचित्र ‘बिगुल’को विशेष प्रदर्शन भएको छ । कथाकार तथा निर्माता दिनेश कोइरालाको बहुचर्चित फिल्म ‘बिगुल’को विशेष प्रदर्शन हिजो मंगलबार जमलस्थित विश्वज्योती हजमा भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक तथा बौद्धिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । पूर्व प्रधानमन्त्री माधव […]

बागमती मुख्‍य समाचार विशेष समाचार

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । दुई वटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र  विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुनेछ । यसैगरी, विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची छ । यसैगरी, ‘प्रतिनिधि […]