२ भाद्र २०८३, मंगलवार
राजनीति

संवैधानिक परिषदको बैठक बस्दै

१८ साउन, काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्न लागेको हो । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो । वरिष्ठताको आधारमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा […]

समाज

लघुवित्त पीडितहरुले बिजुलीबजार गरे सडक बन्द

सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेका छन् । प्रदर्शनसहित बानेश्वरतिर आउन लागेका उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा रोकेको थियो । त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेका छन् ।

मुख्‍य समाचार समाचार

कञ्चनपुरका विद्यार्थी भन्छन् : कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?

१८ साउन, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए । ‘जस्तापाता पूरै उढाएको छ, स्थानीय […]

समाज

तलब खर्च गरेर नगर दिक्तेलका उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

१८ साउन, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताए […]

अन्तर्राष्ट्रिय

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको ‘डिभोर्स’

१८ साउन, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स (छोडपत्र) भएको छ । उनीहरुले सन् २००५ मा अर्थात् १८ वर्ष अगाडि बिहे गरेका थिए । प्रधानमन्त्री ट्रुडोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् आफूहरु अलग हुन लागेको जानकारी दिएका हुन् । ‘म र सोफी तपाईंलाई यो कुरा भन्न चाहान्छौं कि धेरै अर्थपूर्ण र कठिन […]

राजनीति

काठमाडौं केन्द्रित आन्दोलन गर्ने गौर हत्याकाण्डा पीडितहरुको चेतावनी

१८ साउन, जनकपुरधाम । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनलाई काठमाडौं केन्दि्रत बनाउने चेतावनी दिएको छ । बुधबार बसेको संघर्ष समितिको बैठकले घोषति आन्दोलनाई थप व्यापक बनाउने निर्णय गरेको हो । बुधबार साँझ संघर्ष समितिकी संयोजक रुपसागर देवी उपाध्यायले विज्ञप्ति जारी गर्दै राज्य उदासिन रहेको भन्दै आन्दोलनलाई काठमाडौं के्रन्दि्रत बनाउन बाध्य हुने चेतावनी दिएकी हुन् […]

अर्थ सूचना प्रविधि

नेपाल बसेरै वार्षिक २० लाख भित्र्याउँछन् आईटी प्रोफेसनलहरू

१८ साउन, काठमाडौं । नेपालमा बसेर सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरिरहेका एक जना दक्ष आईटी प्रोफेसनलहरुले वार्षिक औसत २० लाख रुपैयाँभन्दा बढी मुलुकमा भित्र्याउने गरेका छन् । सर्वाङ्‍गीण विकास अध्ययन केन्द्र (आईआईडीएस)ले गरेको एक अध्ययनले दक्ष आईटी फ्रिलान्सरहरुले औसतमा वार्षिक १५ हजार ३ सय २२ अमेरिकी डलरबराबरको सेवा निर्यात गर्ने देखाएको हो । विश्वका अन्य […]

गण्डकी जीवनशैली प्रदेस समाचार समाज

पर्यटक लोभ्याउँदै पोखराको ल्वाङ गाउँ

१७ साउन, पोखरा । के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ । प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ । पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन फुरुङ्ग हुन्छ । शहरको […]

अर्थ

जुम्लाको काँचो स्याउ रोक्न सिफारिस

१७ साउन, जुम्ला । यो याममा जुम्लाको काँचो स्याउ बजारमा गएपछि जिल्लाका सरोकारवाला निकायले रोकथाममा चासो देखाएका छन् । आज बसेको स्थानीय तहका प्रमुख, स्याउ किसान, स्थानीय व्यापारी, विषयगत कार्यालयका प्रमुखलगायतको सर्वदलीय बैठकले स्याउ परिपक्व भएपछि मात्रै बजारमा लैजाने निर्णय गरेको छ । व्यापारीले स्याउ खरिद गर्दा कृषि विकास कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख […]

राजनीति

प्रस्तावित राजदूतका प्राथमिकता : उच्चस्तरीय भ्रमण र लचिलो कूटनीति

१७ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिले बुधबार विभिन्न मुलुक र नियोगका लागि प्रस्तावित तीन जना राजदूतको सुनुवाइ गरेको छ । बुधबार सिंहदरबारमा भएको सुनुवाइका क्रममा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगका आवासीय प्रतिनिधिमा सिफारिस लोकबहादुर थापाले १८ प्रष्ठ लामो कार्ययोजना प्रस्तुत गरे । जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधिका लागि सिफारिस रामप्रसाद सुवेदीले १६ पृष्ठ […]

मुख्‍य समाचार

त्रिविका करार शिक्षक र कर्मचारीलाई स्थायी नगर्न स्ववियुको माग

१७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी नगर्न आग्रह गरेको छ । उसले त्रिविमा आवश्यक शिक्षक र कर्मचारी सेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने बताएको छ । स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगमा पदाधिकारी नभएका बेला करार कर्मचारी र शिक्षकलाई आन्तरिक मूल्यांकनका […]

मुख्‍य समाचार समाचार

अस्पताललाई एक महिनाभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न मन्त्रालयको निर्देशन

१७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका सबै अस्पताललाई एक महिना भित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै सरकारी, निजी, गैरसरकारी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो । एक महिनाभित्र आफ्नै फार्मेसी सञ्चालन नगरेको पाइएमा कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाइने […]