२ भाद्र २०८३, मंगलवार
समाचार

हतियार व्यवस्थापक सहित चारजना पक्राउ

१९ साउन, विराटनगर । विराटनगर महानगरपालिका ५ का रोहित चौधरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यसअघि दुई जना पक्राउ परेका थिए । बिहीबार थप दुई जनालाई पक्राउ गरेको हो । रोहितको हत्यामा भने तीन जना संलग्न थिए । हत्यामा संलग्न गिरोहलाई हतियार उपलब्ध गराउने व्यक्तीलाई पनि पक्राउ गरेको जिल्ला […]

मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रले केन्द्रीय समितिमा थप्यो २४ जना महिला

१९ साउन, काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, […]

मुख्‍य समाचार राजनीति

पुल्चोकको मन्त्री निवास अब ‘न्यायाधीश निवास’ बन्ने

१९ साउन, काठमाडौं । ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ । भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको निर्णयको पत्र प्राप्त भइसकेको बताए । उनले भने, ‘पुल्चोकको मन्त्री क्वार्टर भैंसेपाटीमा सरेपछि त्यो ठाउँमा […]

मुख्‍य समाचार समाज

२४ उपसचिव र ११ शाखा अधिकृतहरुको सरुवा (नामावलीसहित)

१९ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री […]

खेलकुद मुख्‍य समाचार

विश्व साइक्लिङमा पहिलो पटक भाग लिँदै नेपाल

१८ साउन, काठमाडौं । नेपाली खेलाडीले पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी जनाउने भएका छन् । अगष्ट ३ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा १ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नेपालका लागि पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने छन् । […]

अर्थ कोशी प्रदेस समाचार समाज

झापाका किसान : युटुबमा हेरेर ड्रागन खेती, मूल्‍य नपाउँदा श्रमको क्षति

१८ साउन, झापा । यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,’ गौरीगञ्ज गाउँपालिका-२ मा नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आएका भूपेन्द्र थापा भन्छन्, ‘त्यत्रो […]

समाज

सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो

१८ साउन, काठमाडौं । ७ साउनमा काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । उनका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव […]

राजनीति

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

१८ साउन, काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले बताए । प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश हुँदैछन् । परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । समितिबाट नाम अनुमोदन […]

राजनीति

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित  

१८ साउन, काठमाडौं । सहकारी पीडिसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ । बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति गर्दै माइतीघरमा २ महिनादेखि आन्दोलनमा रहेको सहकारी पिडितले आन्दोलन स्थगित गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गाकर्णमणी दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरे समेतको उपस्थितिमा […]

मुख्‍य समाचार

सरकारले भन्यो : सुन तस्करी प्रकरणमा अर्को समिति आवश्यक छैन

१८ साउन, काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागमार्फत नै प्रभावकारी भइरहेको भन्दै अर्को समिति आवश्यक नभएको बताएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले यो प्रकरण अनुसन्धानका लागि अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताइन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट […]

समाज

बचत फिर्ता माग्दै बानेश्वरमा सहकारी पीडितको प्रदर्शन

१८ साउन, काठमाडौं । विभिन्न सहकारीमा पैसा बचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् । बचतकर्ताको प्रदर्शनमा बिजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । बानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेत्रमा प्रदर्शन गर्न रोकेको छ […]

मुख्‍य समाचार समाज

सहकारी पीडितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

१८ साउन, काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनसहित बानेश्वरतिर आउन लागेका उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा रोकेको थियो । त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेका थिए । उनीहरुको धर्नामा हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ । उनीहरुले सहकारीमा आफूहरुले राखेको वचत फिर्ता गराउन सरकारले […]