२ भाद्र २०८३, मंगलवार
राजनीति

सुदूरपश्चिममा दुई मन्त्री र एक राज्‍यमन्त्रीले लिए सपथ

१७ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्री र एक राज्‍य मन्त्रीले शपथ लिएका छन् । नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् । यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीलाई मुख्यमन्त्री […]

मुख्‍य समाचार समाज

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ

१७ साउन, काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् । दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई बुधबार विहान पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती […]

कोशी प्रदेस समाचार राजनीति

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

१७ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख […]

राजनीति

साढे ७ लाख पार्टी सदस्य रहेको माओवादीको दाबी

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य संख्या पनि सार्वजनिक गरेका हुन् । उनका अनुसार माओवादीले सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन् । बागमतीमा १ […]

राजनीति

हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन : प्रचण्ड

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले यो बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात बनाउनुपर्ने धारणा राखेका छन् । ‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ’ उनले भने […]

राजनीति

माओवादीको केन्द्रीय समिति बैठक सुरु

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो । बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको टिप्पणी गरे । उनले गठबन्धन सरकारले जनताको पक्षमा काम गरेको भन्दै उनले केन्द्रीय समिति बैठकले अझ प्रभावकारी बनाउने […]

राजनीति

केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय, बैठकको लाइभ नगर्ने

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ । आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको सचिव गणेश शाहले जानकारी दिए । त्यसका लागि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा […]

अर्थ मुख्‍य समाचार

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

१७ साउन, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९÷८० को अवधिमा ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो । विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम […]

राजनीति

सभामुख छाडेका बाबुराम गौतमलाई मन्त्री बनाउने तयारी

१७ साउन, मोरङ । कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाबुराम गौतमलाई पार्टीले सरकारमा पठाउने […]

राजनीति

७७ वटै जिल्लामा कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ । केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ । केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन । प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित […]

मुख्‍य समाचार समाज

तनुहँमा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

१७ साउन,तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास-५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी […]

अर्थ

पेट्रोल र डिजलको मूल्य बढ्यो, ग्यासको घट्यो

१७ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, […]