२ भाद्र २०८३, मंगलवार
राजनीति

सत्ता गठबन्धन र एमालेबीच सहमति नभएपछि संसद बैठक एक साता स्थगित

१६ साउन, काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी २२ साउनलाई सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका […]

राजनीति

एमालेले आज पनि संसदमा अवरोध गर्ने

१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने एमालेको माग छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा यो माग पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि कार्य […]

समाज

बेनी-जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

१६ साउन, बेनी । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैँ जोखिममा पर्ने गरेका […]

कोशी प्रदेस समाचार राजनीति

कोशीमा सभामुखलाई राजीनामा गराएर दाबी पेश गर्दै गठबन्धन

१६ साउन, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज बेलकी ५ बजे सकिंदैछ । गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्र सभामुखलाई राजीनामा गराएर दाबी पेश गर्ने तयारी गरेको हो […]

समाज

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

१६ साउन, काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा […]

राजनीति

प्रेस चौतारीका अध्यक्षले गृहमन्त्रीसँग माफी मागेकोमा ओलीको आपत्ति

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई आत्मालोचना गर्न निर्देशन दिएका छन् । बार्षिक कार्ययोजना बनाउन एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठक सोमबार बसेको थियो । बैठकमा अध्यक्ष ओलीका साथै महासचिव शंकर पोखरेल पनि सहभागी थिए । बैठकमा अध्यक्ष ओलीले प्रेस चौतारीका अध्यक्ष बस्नेतको विषयमा प्रश्न […]

विचार

रसुवागढी-केरुङ नाकामा ट्रक कन्टेनरका समस्या

दुई देशबीचको नाकामा उत्पन्न समस्याहरु यो चालक सहचालक, व्यवसायीहरुको निजी समस्याहरु होइनन् । यो समस्या देशकै समस्या हो । यो समस्या तत्काल समाधान गर्न सरकारले ध्यान दिनु पर्दछ ।

राजनीति

सर्वोच्चले समानुपातिक सांसदलाई पत्र काटेपछि दलहरुमा खैलाबैला

१४ साउन, काठमाडौं । सर्वोच्च अदालतले एउटा मुद्दामा लिखित जवाफ माग गर्दै पठाएको पत्र समानुपातिक पद्धतिबाट निर्वाचित सांसदले करिब ६ महिनापछि मात्र बुझेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले १६ माघ २०७९ मा प्रतिनिधिसभाका ११० जना समानुपातिक सांसदसँग लिखित जवाफ माग गर्ने आदेश दिएको थियो । सो आदेशपछि सर्वोच्च अदालतले सांसदहरुलाई लिखित जवाफ पठाउन आग्रह […]

राजनीति

राजनीतिमा फोहर हुनुहुन्न : अध्यक्ष ओली

१५ साउन, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहोर हुन नहुने बताएका छन् । एमालेको केन्द्रीय संस्कृति विभागले आज सो पार्टीको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको युगदूत पत्रिकाको विमोचन र खीर खाने कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिका नाममा अपवित्र काम गर्न नहुने र सबै दल फोहर नै छन् […]

साइकल यात्रीमाथि कुटपिट गर्ने भेटवाल १ लाख धरौटीमा छुटे

१५ साउन, विराटनगर । साइकल यात्रीलाई कुटपिट गर्ने विराटनगरका एक युवक १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । विराटनगर महानगरपालिका–४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । आइतबार उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको […]

राजनीति

कर्मचारीहरुको सरुवा स्वचालित प्रणालीमा हुनुपर्छः मन्त्री ज्वाला

१५ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन् । सोमबार एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित रुपमा हुनुपर्ने बताएका हुन्  । मन्त्री ज्वालाले भने, ‘स्वचालित सिस्टममा जानुको विकल्प छैन । हामी त्यहाँ जानुपर्छ । हामी […]

प्रदेस समाचार बैंक–वित्त मधेश राजनीति

मधेशमा छैठौं पटक मन्त्रिपरिषद् पुनर्गठन

१५ साउन, जनकपुरधाम। मधेश प्रदेशका मुख्‍यमन्त्री सरोज कुमार यादवले छैटौं पटक मन्त्रिपरिषद पुनर्गठन गरेको छ । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मुख्‍यमन्त्रीले सोमबार छैटौं पटक मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी कांग्रेसका मोहमद समिमले पाएका छन् भने  श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका […]