२ भाद्र २०८३, मंगलवार
कोशी प्रदेस समाचार राजनीति

कोशी प्रदेशका मुख्यमन्त्रीकाे थापाको शपथ आज

१७ साउन,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ ग्रहण गर्नेछन् । आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाको तयारी छ । प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणको तयारी भएको […]

राजनीति

माओवादी बैठकमा ७५८ जना सहभागी हुने, प्रवेश शुल्क ५००

१६ साउन, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बिहान प्रज्ञाप्रतिष्ठानमा बस्ने भएको छ । केन्द्रीय समिति बैठकअघि बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने छ । स्थायी समितिले पदाधिकारी बैठकबाट प्रस्तावित एजेण्डामा छलफल गरेपछि ११ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुनेछ । पार्टी कार्यलय सचिव डोरप्रसाद उपाध्यायका […]

राजनीति

सिंहदरबारका २२ कर्मचारीको दुर्गमका स्थानीय तहमा सरुवा, को कहाँ ? ( सूचीसहित)

१६ साउन, काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले सिंहदरबार वरिपरि रहेका २२ कर्मचारीलाई दुर्गमको स्थानीय तहमा सरुवा गरेको छ । सिंहदरबार वरीपरीका कार्यालयमा ३ वर्ष बढी समय बसेका कर्मचारीको सरुवा गर्दै दुर्गम क्षेत्रमा खटाएको मन्त्रालयले जनाएको हो । २०८० जेठ २९ गते सरुवा व्यवस्थापन कार्यदलले दिएको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री […]

अर्थ

पुसभित्रै १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१६ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा प्रथम त्रैमासबाट नै आन्तरिक ऋण परिचालन गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने बताएका थिए । सोही अनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको क्यालेन्डर अनुसार आन्तरिक ऋण बोलकबोल तालिका सार्वजनिक गरेको […]

राजनीति

संघीय शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

१६ साउन, काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने भएको छ । उक्त ऐनलाई संसदमा पेश गर्न मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद बैठकमा लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषमया पनि छलफल भएको छ । यो विषयमा कृषि मन्त्रालयले प्रस्ताव […]

राजनीति

टीआरसी विधेयक छिटो पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी विधेयक) चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन उक्त ऐन चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता मीन विश्वकर्माले बताए । […]

राजनीति

संवैधानिक परिषदको बैठकबिना निष्कर्ष सकियो, अर्को बैठक बिहीबार

१६ साउन, काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । बैठक अब बिहीबार बस्नेछ । बैठकमा सहभागी एक सदस्यका अनुसार, बैठकमा प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नेबारे छलफल भए पनि निर्णय हुन सकेन । मंगलबारकै बैठकले अर्को बैठक आगामी बिहीबार ५ बजे बस्ने तय गरेको हो । प्रधानन्यायाधीश हरिकृष्ण […]

राजनीति

कांग्रेसको प्रचार विभागको निर्देशिका परिमार्जनसहित पारित

१६ साउन, काठमाडौं । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफने निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ । विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी कार्यालयले जनाएको छ । विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका लागि कांग्रेस केन्द्रीय कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ । […]

राजनीति

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

१६ साउन, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप-२८) मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

१६ साउन, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, […]

कोशी प्रदेस समाचार राजनीति

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश

१६ साउन, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् । उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

राजनीति

कोशीका सभामुख गौतमले दिए राजीनामा

१६ साउन, काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् । माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि आफ्नो तटस्थ भूमिका त्यागेका हुन् […]