प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी
२० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ । टेलिफोन कुराकानीमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा कुराकानी हुनुका […]











