१२ श्रावण २०८१, शनिबार
खेलकुद मुख्‍य समाचार

विश्व साइक्लिङमा पहिलो पटक भाग लिँदै नेपाल

१८ साउन, काठमाडौं । नेपाली खेलाडीले पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी जनाउने भएका छन् ।

अगष्ट ३ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा १ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

नेपालका लागि पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने छन् ।

दुवै खेलाडीले चीनमा हुने १९ औं एसियाली खेलकुदमा सहभागिता जनाउनेछन् ।

उषाले १३ औं दक्षिण एसियाली खेलकुदमा एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् । नेपाली टोलीको व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी रहेका छन् ।

टोली आइतबार स्कोटल्यान्ड प्रस्थान गर्ने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्