२ भाद्र २०८३, मंगलवार
गण्डकी प्रदेस समाचार फिचर (Main Feature) फोटो फिचर समाचार समाज

मुस्ताङको कागबेनीमा कसरी पस्यो बाढी ? (तस्वीरहरू)

२९ साउन, बेनी । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए। कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भयो। ‘खाना खाने तयारी गर्दै थियौं। बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पाकेको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

कागबेनीका बाढीपीडितलाई तत्काल सहयोग पठाइने

२९ साउन, गण्डकी । गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठकले उक्त निर्णय गरेको हो । गएराति बाढीले कागबेनी क्षेत्रका घरहरू बगाउँदा सर्वसाधारण विस्थापित भएका छन् । बैठकले राहत व्यवस्थापन […]

अर्थ मुख्‍य समाचार

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा कञ्चनपुरमा आकासियो तरकारीको भाउ

२९ साउन, कञ्चनपुर । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ । अविरल वर्षापछि कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा खसेको पहिराले सडक अवरुद्ध बनाएको हो । एक सातादेखि सडक अवरुद्ध भएसँगै सुदूर पहाड उक्लिने र तराइ झर्ने यात्रुलाई सास्ती हुनाका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट नियमित रुपमा तरकारी […]

राजनीति

छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय

२९ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

जनकपुर न्यूरो हस्पिटलमा स्वास्थ्य सेवा विभागको अनुगमन

२९ साउन, जनकपुरधाम । अनुमति नलिई सञ्चालित जनकपुर न्यूरो हस्पिटमा स्वास्थ्य सेवा विभागले सोमबार अनुगमन गरेको छ । स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोली सोमबार हस्पिटल पुगेको थियो ।यस हस्पिटलमा विभागबाट स्वीकृति लिएरमात्र अस्पताल सञ्चालन हुनुपर्नेमा कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालन गरिएको र उपचारमा […]

मुख्‍य समाचार राजनीति

उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान

२९ साउन, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गरेका थिए । चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया […]

मुख्‍य समाचार समाचार समाज

भदौ २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको घोषणा

२९ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिलगायतका माग राखेर २९ भदौमा अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि अनशन बस्ने घोषणा गरे पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको केसीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको […]

प्रदेस समाचार समाज

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय ४ दिन बन्द हुने

२९ साउन, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय ४ दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो । नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्र विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन […]

खेलकुद मुख्‍य समाचार

एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा

२९ साउन, काठमाडौं । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप क्रिकेट अगष्ट ३१ बाट सुरु हुँदैछ । नेपाल भारत र पाकिस्तान रहेको समूह एमा छ । नेपालले पहिलो खेल […]

फिचर (Main Feature) भिडियो राजनीति

संसदको अवरोध अन्त्य गर्न एमालेलाई कांग्रेसको आग्रह

२९ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसदको बैठक अवरोध भएको भन्दै संसदको अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई अपील गरेको हो । प्रतिपक्षले कुनै विषयमा संसदमा […]

राजनीति

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक एक हप्तालाई स्थगित

२९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा […]

राजनीति

प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्छु : सुनिल शर्मा

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् । ‘अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर […]