२ भाद्र २०८३, मंगलवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झोलुङ्गे पुलको जिल्लामा पनि ‘फड्के’को बाध्यता

२९ साउन, बागलुङ । झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा अहिले पनि नागरिकहरु जोखिम मोलेर काठको फड्के तर्न बाध्य छन् । हिउँदको समयमा खोला तथा खहरेखोलामा पानीको बहाव कम हुँदा सहजै वारपार गरे पनि बर्खामा खोला भने जोखिम मोलेरै खोला तर्न बाध्य हुन्छन् । बागलुङको सुगमदेखि दुर्गमसम्मका विभिन्न बस्तीका नागरिक अहिले पनि पुल नहुँदा घण्टौँ लगाएर […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

पहिरोको जोखिममा धादिङको रिगाउँ, विद्यालय बन्द

२९ साउन, धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् । बस्तीमाथि रहेका बारीका गरा भासिन थालेका र जमिन चिरा परेर बग्न थालेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले जानकारी दिए । भासिन थालेको स्थानभन्दा तलका घर खाली गर्न […]

राजनीति

ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं : उपप्रधानमन्त्री खड्का

२९ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकमा उनले ल्हारक्यालको नियुक्तिबारे आफूले पछि मात्र थाहा पाएको बताएका एक सांसदले जानकारी दिए । सोमबारको बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतले ल्हारक्यालको नियुक्तिबारे प्रश्न उठाएका थिए । जवाफ […]

मुख्‍य समाचार समाचार समाज

वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

२९ साउन, काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली नदीको जलसतह खतरा आसपास रहेकाले आवश्यक […]

मुख्‍य समाचार राजनीति

कर तिरेर सुन ल्याउन दिनुपर्छ : देउवा

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर तिरेर सुन ल्याउन दिनुपर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए । हाल नेपालमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत दैनिक १० […]

गण्डकी प्रदेस समाचार समाचार समाज

बरामद गरिएको ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा राखिने

२९ साउन, गोरखा ।  गोरखा नगरपालिका-७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र  गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी […]

मुख्‍य समाचार राजनीति

भेपमा बरामद सुन बैंकको टक्सार महाशाखामा जोख्न थालियो

२९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र आफूहरुलाई प्राप्त भएकोले सुन जोख्ने प्रक्रिया सुरु भएको जानकारी दिए । उनका अनुसार टक्सारमा सामान खोलेर सुन छुट्टयाउने र त्यसपछि […]

मुख्‍य समाचार राजनीति

जनमत पनि सरकारमा, अनिता देवीले लिइन् मन्त्रीको शपथ

२९ साउन, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिएकी हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त संघीय मामिला मन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ […]

गण्डकी प्रदेस समाचार फिचर (Main Feature) मुख्‍य समाचार समाचार समाज

स्थानीय भन्छन् : ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ

२९ साउन, म्याग्दी। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनवीर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो । ‘खाना खाने तयारी गर्दै थियौँ । बाढी आएको थाहा पाएपछि […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

२९ साउन, म्याग्दी। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, […]

मुख्‍य समाचार समाचार समाज

साउनको अन्तिम सोमबार पशुपतिसहितका शिवालयमा भीड

२९ असार, काठमाडौं । चान्द्रमासअनुसार साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको अन्तिम सोमबारदेखि नै भीड लागेको हो । साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले दिए । अहिले पनि पशुपति […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा सवारी आवतजावतमा रोक

२९ साउन, धनगढी । महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले शारदा ब्यारेजमा बिहान […]