२ भाद्र २०८३, मंगलवार
समाचार समाज

डिजेलको भाउ बढेको भोलिपल्टै बढ्यो गाडीभाडा (सूचीसहित)

३१ साउन, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी […]

मुख्‍य समाचार समाचार समाज

जहाजको पर्खाइमा हुम्लामा एक महिनामा ४ बालकले ज्यान गुमाए

३१ साउन, हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् । […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

१६ दिनदेखि अध्यारोमा बास, अर्कोतर्फ बाढीको त्रास

३१ साउन, टीकापुर। कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

बुकीमै गोठालाको उपचार

३१ साउन, ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया […]

खेलकुद

प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रङ्गशाला

३१ साउन, टक्सार । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्‍यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न रङ्गशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको छैन । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने सानादेखि ठूला प्रतियोगिता सञ्चालन […]

समाचार समाज

विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या

३१ साउन, पर्वत। लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका-२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका हुन् । तीन कोठा पुरिए पनि आठवटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद […]

अर्थ समाज

डिजेलकाे भाउ १४ र पेट्रोल ५ रुपैयाँले बढ्यो

३० साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य ह्वात्तै बढाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो । यससँगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ […]

विचार

असहज बनेको भ्रष्टाचार नियन्त्रण

भ्रष्टाचारको जालोमा जेलिएको नेपालमा अहिले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सय किलो सुन प्रकरण चर्चाको विषय बनेको छ । यसअघि  भ्रष्टाचारको कारबाहीको सन्दर्भमा ठूला माछालाई कारबाही नभएकामा यसपटक पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री, सरकारका बहालवाला सचिवसमेत १६ जना भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको थुनछेकको आदेशले हाल केन्द्रीय कारागारमा रहेकाले पनि बढी […]

अर्थ राजनीति

जग्गाको कित्ताकाट खुल्यो, मन्त्रिपरिषद्ले गर्‍यो भूउपयोग नियमावली संशोधन

३० साउन, काठमाडौँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । ‘अब पुरानै अवस्थामा कित्ताकाट खुलेको छ,’ एक मन्त्रीले अनलाइनबखरसँग बताए […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

मुस्ताङको यातायात सम्पर्कविच्छेद

३० साउन, म्याग्दी । मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ । बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडक सम्बन्ध टुटेको हो । प्रतिकूल मौसमका कारण जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएको छ । मुस्ताङलाई […]

मुख्‍य समाचार समाचार समाज

नेपालका १५ मेयर र ८ उपमेयर हैदरावादमा ढल व्यवस्थापन पढ्दै

३० साउन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहित १५ जना मेयर र ८ उपमेयर अहिले भारतमा छन् । नेपाल नगरपालिका संघको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्की) ले उनीहरुलाई पढाइरहेको छ । दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक कक्षा लिने र ३ दिन लेदो व्यवस्थापन गर्न व्यवहारिक कक्षा लिनको […]

मुख्‍य समाचार राजनीति

द्रुतमार्गको डीपीआर परिमार्जन, २ अर्ब लागत घट्ने

३० साउन, काठमाडौं । सरकारले तराई–मधेश द्रूत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार डीपीआर परिमार्जन भएसँगै यो आयोजनाको लागत २ अर्ब २ करोड रुपैयाँले घट्ने अनुमान गरिएको छ । नयाँ डीपीआरले सुरुङलाई बढी प्राथमिकता दिएको ती मन्त्रीले जानकारी […]