२ भाद्र २०८३, मंगलवार
अर्थ मुख्‍य समाचार

हात्ती सफारीको विकल्प खोज्दै चितवनका पर्यटन व्यवसायी

२८ साउन, चितवन । पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर, पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् । विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

ड्रागन फ्रुट खेतीबाट आम्दानी गर्दै विमलेश

२८ साउन, गलकोट । बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थालेका छन् । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन थालेको हो। बहुगुणी फलफूलका रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका बागलुङ नगरपालिका-१ रामरेखाका उनले  पहिलो चरणमा यसको फल उत्पादन […]

समाचार समाज

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

२८ साउन, काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने स-साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन […]

राजनीति

एमाले अध्यक्ष ओली र सांसद सुनील शर्माबीच भेट

२८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच आइतबार भेट भएको छ । शर्मा एमाले अध्यक्ष ओलीलाई भेट्न आइतबार विहान ९ बजे उनको निवास बालकोट पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) […]

समाज

अविरल वर्षाले आन्तरिक र बाह्‍य उडान प्रभावित

२८ साउन, काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

२८ साउन, दैलेख . भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनी मात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् । केही वर्षअघिदेखि बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उनीहरु मारमा पर्दै गएका छन् । जङ्गल […]

मुख्‍य समाचार समाचार समाज

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै

२८ साउन, दमौली। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडि मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनले भने, ‘बजार क्षेत्रमा धुलो नउडोस् भन्नका […]

अर्थ मुख्‍य समाचार

भोजपुरमा अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो

२८ साउन, भोजपुर । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, ‘गत […]

मुख्‍य समाचार

घाँसी घरियारको गुनासो : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

२८ साउन, बाँके । ‘पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?’ बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन् । उनले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले ६ जनाको परिवारलाई पाल्नुपरेको छ । उनी […]

राजनीति

आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, जनमतकी अनिता देवी मन्त्री बन्ने

२८ साउन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी […]

समाचार समाज

सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना, भोलिबाट मौसममा सुधार हुने

२८ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम-दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको हो । मौसमविद गोविन्द झाले आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका […]

अन्तर्राष्ट्रिय

विमानस्थलबाट पक्राउ परेका अडुकिया र दुई चिनियाँ नागरिक थुनामुक्त

२७ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् । राजस्वले कालो सूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको थियो । ‘अनुसन्धानका क्रममा उनीहरुलाई अहिल्यै थुनामा […]