२ भाद्र २०८३, मंगलवार
कोशी प्रदेस समाचार समाज

३४ वर्षपछि कोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

२९ साउन, सप्तरी । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो । पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ […]

समाज

शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटे डा.रञ्जिनकुमार यादव

२९ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका अर्का एक डाक्टर शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् । नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि थुनामुक्त गरिएका हुन् । सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार, […]

राजनीति

अनिता देवीलाई संघीय मामिला मन्त्रीको जिम्‍मेवारी, शपथ सोमबार विहान

२८ साउन, काठमाडौँ। जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने भएकी छिन् । सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनले भने, ‘हामीले उहाँको नाम धेरै अघिदेखि पठाएका थियौँ । भोलि बिहान […]

कोशी प्रदेस समाचार समाज

संखुवासभाका जेलरविरुद्ध नै पक्राउ पुर्जी जारी

२८ साउन, काठमाडौं । संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो । मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका […]

अर्थ मुख्‍य समाचार

अर्थमन्त्रीले बैंकरसँग सहयोग माग्दै भने : अर्थतन्त्र चलायमान बनाउन साथ दिनुहोस्

२८ साउन, काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले सहयोग मागेका छन् । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकर तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुसँगको छलफलमा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन सबैको साथ आवश्यक रहेको बताएका हुन् । ‘अर्थतन्त्र राम्रो भयो भने बैंक फाइदामा जान्छ, लगानीको वातावरण राम्रो हुन्छ । अर्थतन्त्र वृद्धि हुन्छ,’ […]

प्रदेस समाचार लुम्बिनी समाचार समाज

बबई नदीमा दाउरा टिप्‍ने क्रममा ३ जना बेपत्ता

२८ साउन, बर्दिया । बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन […]

राजनीति

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । त्यसका […]

मुख्‍य समाचार सूचना प्रविधि

ह्वाट्सएपलाई टक्कर दिन पाकिस्तानले ल्यायो आफ्नै मेसेजिङ एप

२८ साउन, काठमाडौं । मेटा कम्पनीको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपलाई टक्कर दिनेगरी पाकिस्तानले आफ्नै मेसेजिङ एप लञ्च गरेको छ । पाकिस्तानको सूचना प्रविधि मन्त्रालय तथा राष्ट्रिय सूचना प्रौद्योगिकी बोर्डको साझेदारीमा बीप पाकिस्तान नामक मेसेजिङ एप तयार भएको हो । बीप पाकिस्तान एप सार्वजनिक गर्दै पाकिस्तानका सूचना प्रविधि मन्त्री अमिनुल हकले देशको पहिलो मेसेजिंग […]

मुख्‍य समाचार समाचार समाज

चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक ७ वर्षमा १८ किमी मात्रै बन्‍यो

२८ साउन, मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुआत गरिएको थियो । गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । मुगु जिल्लाको […]

मुख्‍य समाचार समाचार समाज

मैवाखोलाको बाढीले चार घर जोखिममा

२८ साउन,ताप्लेजुङ । गएरातिदेखिको अविरल वर्षाका कारण मैवाखोलामा आएको बाढीले ताप्लेजुङको दोभान बजारका बासिन्दालाई त्रसित बनाएको छ । बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका चार घर उच्च जोखिममा परेका स्थानीय तिलक श्रेष्ठले जानकारी दिए । उनका अनुसार डम्बर धितालसहितका चार घर जोखिममा परेका छन् । बिहान करिब ८ बजेदेखि उक्त खोलामा बाढी आएको हो । […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

२८ साउन, गुल्मी । अविरल वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर–अर्बेनी सडक खण्डको ठूलाखोला भन्ने स्थानमा ढुङ्गासहितको पहिरो खसेपछि कालिगण्डकी करिडोरमा यातायात अवरुद्ध भएको हो । पहिरो पन्छाउनका लागि तीन वटा एक्स्काभेटर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए । सडक पूर्णरुपमा […]

राजनीति

ओली भन्छन् : प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हो

२८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए । एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताए । ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न […]