२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन

४ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । सोमबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसपछि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि […]

मुख्‍य समाचार राजनीति

चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

४ भदौ, सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले आफ्नो चीन भ्रमण उपलब्धीमूलक हुने आशा गरेको पनि बताए । उनले भने, ‘हिल्सा–सुर्खेत सडक निर्माणबारे मेरो अब हुन लागेको चीन भ्रमणमा प्राथामिकतामा पनि छ […]

कोशी प्रदेस समाचार राजनीति

उपसभामुख काठमाडौं गएपछि कोशी प्रदेश सभा बैठक अनिश्चित

४ भदौ, विराटनगर । कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । उपसभामुख दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन् । […]

समाचार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरू

४ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिमा अहिले श्रेष्ठले आफ्नो प्रस्तुति दिइरहेका छन् । त्यसपछि प्रश्नउत्तर हुनेछ । समितिले यसअघि सोमबार विहानै उजुरीकर्ताहरुसँग समेत छलफल गरेको थियो ।

मुख्‍य समाचार

नागको पूजा गरी मनाइयाे नागपञ्ची

४ भदौ, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाएको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । आजका दिन परम्पराअनुसार नागको पूजाअर्चना गर्ने गरिन्छ । ब्राहमाणले आफ्ना जजोमानका घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गरिदिने प्रचलन […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

काठमाडौं भागिन् कोशी प्रदेशकी उपसभामुख, संकटमा सरकार

४ भदाै, विराटनगर । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं गएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौं गएकी हुन् । एमालेबाट निर्वाचित उपसभामुख दनुवार आज बिहान एती एयरलाइन्सको पहिलाे उडानबाट काठमाडौं गएकी हुन् । दनुवार आइतबार […]

मुख्‍य समाचार समाज

६० किलाे तस्करीकाे सुन २४ क्यारेट

४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाहिरबाट बरामद भएको तस्करीको सुनको गुणस्तर २४ क्यारेट नै रहेको पुष्टि भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो । स्कुटरको ‘ब्रेक सु’मा लुकाएर आयात गरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन २९ […]

खेलकुद मुख्‍य समाचार

स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

३ भदौ, काठमाडौं । स्पेनले इंग्ल्याण्डलाई १-० ले हराउँदै पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ । पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । खेलको १६ औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको […]

मुख्‍य समाचार राजनीति

सीआईबीले किन बुझाएन ललिता निवासको अनुसन्धान प्रतिवेदन ?

३ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितानिवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा आइतबार बुझाउने भने पनि बुझाएन । ब्यूरोका एक अधिकृतका अनुसार, अभिलेखीकरणको सबै काम नसकिएपछि सोमबार बुझाउने गरी तयारी गरिएको छ । ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरी शुक्रबार नै रायसहितको प्रतिवेदन बुझाउन जिल्ला […]

राजनीति

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

३२ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् ।

समाचार समाज

सन्दीप लामिछानेले पेश गरेको कागजातमाथि अदालतको गम्भीर प्रश्न, फेरि विवरण मगाउन आदेश

३ भदौ, काठमाडौं । बालिका बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले पेश गरेको कागजातमाथि गम्भीर प्रश्न उठाएको छ । अदालतले बयानका क्रममा सन्दीपले पेश गरेको कागजातको स्रोत यकिन गर्न र त्यहाँबाट फेरि विवरण मगाउन आदेश दिएको हो । गत बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासको आदेशमा भनिएको छ— ‘प्रतिवादी (सन्दीप)ले बयानका क्रममा पीडितको जन्म […]

प्रदेस समाचार मधेश समाचार समाज

बोरामा राखेर भारत लैजान लागेका दुई बच्चाको उद्दार, एक जना पक्राउ

३ भदौ, जनकपुर । दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सशस्त्र प्रहरी बल बाराको टोलीले देवताल गाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका २ वर्षीय छोरा सत्यमकुमार महतोलाई उद्धार गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले […]