३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति

भ्रष्टाचारी भनेको भन्दै बिक्रम पाण्डेले गुण्डा शैलीमा कुटाए पार्टीका नेता

२७ फागुन, काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको छ । आइतबार राप्रपाको कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष बिक्रम पाण्डेको समूहले कुटपिट गरेको नेताहरु बताउँछन् । राप्रपालले बाँके जिल्ला समिति र काठमाडौंको शंखरापुर नगर समितिमाथि अनुशासनको कारबाहीबारे छलफल गर्न पार्टी कार्यालय, धुम्बाराहीमा कार्यसम्पादन समितिको […]

मुख्‍य समाचार समाचार समाज

प्रधानसेनापतिसँग चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबीच भेट

२७ फागुन, काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जङ्गी अड्डामा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । […]

मुख्‍य समाचार राजनीति

उपप्रधानमन्त्री श्रेष्ठसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

२७ फागुन,काठमाडौं। नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो । सो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

घटनाको प्रतिवादी आदेशले होइन प्रमाणले बनाउनुस्: गृहमन्त्री लामिछाने

२७ फागुन, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन पनि प्रहरीलाई आग्रह गरे । नेपाल प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

२७ फागुन, काठमाडौँ । बंगलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३-२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १-१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितलाई सिंहदरबार बोलाए

२७ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलरत मिटरब्याज पीडितलाई सिंहदरबारमा बोलाएका छन् । मिटरब्याज पीडितसँग वार्ता गर्न मन्त्रालयले यसअघि सहसचिवको नेतृत्वमा समिति बनाए पनि अहिले उपप्रधानमन्त्री लामिछाने स्वयंले संवाद थालेका हुन् । लामिछानेको सचिवालय स्रोतका अनुसार, छलफलमा वार्ता टोली संयोजक एवं शान्ति सुरक्षा महाशाखा प्रमुख नारायणप्रसाद भट्टराई पनि सहभागी छन् । ‘लामो […]

मुख्‍य समाचार राजनीति

माओवादीबाट राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली […]

मुख्‍य समाचार राजनीति

गठबन्धन गरेर चुनावमा जाने परम्पराले राजनीति दूषित भयो : महामन्त्री थापा

२७ फागुन, पाटन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन् । गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्न नै भएको बताए । उनले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क […]

मुख्‍य समाचार राजनीति

पूर्वउपराष्ट्रपतिका छोराको सुन तस्करीमा संलग्नताबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

२७ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् । लामिछानेको सचिवालयकी प्रतिभा रावलका अनुसार, पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको हो । ‘गृहमन्त्रीज्यूले आईजीपी सा’बलाई बोलाएर छानबिन […]

मनोरन्जन

ग्यालेक्सी एक्सिलेन्स अवार्ड तेश्रो संस्करणको घोषणा, विभिन्न विधामा अवार्ड दिइने

२७ फागुन, काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा […]

मुख्‍य समाचार समाचार समाज

काभ्रेको कोटीहोममा राष्ट्रपति पौडेल सरिक

२७ फागुन, काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वल्थलीस्थित धार्मिकस्थल लड्केश्वरमा आयोजित कोटीहोममा आज पूजा-अर्चना गरेका छन् । दिउँसो उक्त तीर्थस्थल लड्केश्वर पुग्नुभएका पौडेलले कोटीहोमको फूलप्रसाद ग्रहण गरी आफ्ना सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका छन् । उनले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस् भन्ने कामना गरे । ‘यस्तो पुण्य […]

अनौठो संसार

जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !

काठमाडौं । एकजना ६२ वर्षीय जर्मन नागरिकले २९ महिनाको अवधिमा २१७ पटक कोभिड १९ को खोप लगाएका छन् । अनौठो त के भने यतिधेरै खोप लगाउँदा पनि उनको शरीरमा न त त्यसको कुनै दूष्प्रभाव परेको छ, न त उनको रोग प्रतिरोधात्मक क्षमता नै कमजोर भएको छ । नाम नखुलाइएका ती व्यक्तिको सम्बन्धमा एउटा मामिला अध्ययन […]