१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार

नागको पूजा गरी मनाइयाे नागपञ्ची

४ भदौ, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाएको छ ।

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।

आजका दिन परम्पराअनुसार नागको पूजाअर्चना गर्ने गरिन्छ । ब्राहमाणले आफ्ना जजोमानका घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गरिदिने प्रचलन छ ।

यस्तो गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भय नहुने धार्मिक विश्वास छ ।

नागपञ्चमीको अवसरमा सोमबार काठमाडैंको नागपोखरीमा विधि पुर्‍याएर पूजा गरिएको छ । धार्मिक विश्वास राख्नेहरू बिहानै नागपोखरी पुगेर दूध चढाएर पूजाअर्चना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्