३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

शिवरात्रिमा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने

२४ फागुन, कैलाली । ऐतिहासिक महत्व बोकेको धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने भएको छ । मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा माहाशिवरात्रिका अवसरमा हुन लागेको पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन कार्यक्रमको तयारी भएको आयोजक मन्दिर व्यवस्थापन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रेशम चौधरीलाई नाउपाको अध्यक्षमा निर्वाचन आयोगले दिएन मान्यता

२४ फागुन, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको थियो । उक्त निवेदनमाथि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सत्तापक्षको बेन्चमा बसे १५७ सांसद, नाउपा पनि सत्ताकै बेञ्चमा

२४ फागुन, काठमाडौं । सत्ता समीकरण फेरिएसँगै प्रतिनिधि सभाको बैठकमा दलहरुको आसन पनि बदलिएको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेन्चमा सरेको छ भने नेकपा एमाले सत्ता पक्षको बेन्चमा । संसद सचिवालयका अनुसार बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति […]

मुख्‍य समाचार समाचार

२० लाख बालबालिकाले लगाए दादुराको खोप

२४ फागुन, काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब […]

सरकारलाई जनताले भेटून्, सहकारी पीडितले न्याय पाऊन् : रामहरि खतिवडा

सांसद खतिवडाले भने, ‘काँध फेर्ने कुरा आयो । काँध नफेरेर प्रधानमन्त्रीजी खुट्टा फेर्न तयार हुनुभयो भने खुट्टा फेरिरहनुहोस् शुभकामना ।’

मुख्‍य समाचार राजनीति समाचार समाज

परराष्ट्रमन्त्री श्रेष्ठले रुसी विदेशमन्त्रीसँग टेलिफोन वार्ता गर्ने

२४ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने भएका छन् । रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका विषयमा छलफल गर्न उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी सर्गेइसँग टेलिफोन वार्ता गर्न लागेका हुन् । टेलिफोन वार्तामा रुसी सेनामा भर्ती भएकाहरूको स्वदेश फिर्ती, रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा अंगभंग भएका र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नयाँ सरकारलाई काँध फेर्ने छुट छैन : महेश बर्तौला

२४ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले यो सरकारलाई काँध फेर्ने छुट नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले देश र जनताको पक्षमा काम गर्ने सामर्थ्य राख्नुपर्ने बताए । ‘यो सरकारलाई लुलो हुने छुट छैन, यो सरकारलाई कमजोर हुने, असफल हुने छुट छैन । यो सरकारले समग्र […]

मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेट

२४ फागुन, काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन भएसँगै मन्त्री श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसअघि उनी गृहमन्त्री थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्न राजदूत श्रीवास्तव बुकी बोकेर मन्त्रालय पुगेका थिए । भेटमा दुई पक्षीय हितका […]

मुख्‍य समाचार राजनीति

रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन सांसद सापकोटाको माग

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ९ वटा रुग्ण र बन्द अवस्थामा रहेका उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बन्द रहेका ९ वटा सरकारी स्वामित्वका उद्योग तत्काल सञ्चालनमा ल्याउन सकिने खालको रहेको बताए । ‘९ वटा रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन अर्थमन्त्रीलाई आग्रह गर्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारको प्रवक्तामा रेखा शर्मा, महिलामन्त्रीको विदेश भ्रमण अनुमोदन

२४ फागुन, काठमाडौं । पुर्नगठित मन्त्रिपरिषद बिहीबार बसेको पहिलो बैठकले दुई वटा निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वुमन को ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने एउटा निर्णय छ । साथै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने […]

मुख्‍य समाचार राजनीति समाचार

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव पक्का

२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले जानकारी दिए । यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम […]