१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै आज बाकु प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेलले यही […]

मुख्‍य समाचार समाज

सुशीला बस्नेतको स्वरमा म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक

२५ कात्तिक, काठमाडौं । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक भएको छ । यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ । मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र आकृति बस्नेतले अभिनय गरेका छन् । छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने नृत्य निर्देशन प्रशान्त मगरले गरेका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सुवर्ण शम्शेर लोकतान्त्रिक राजनीतिलाई चलायमान गराउने नेता हुनुहुन्थ्यो : मन्त्री पाण्डे

२५ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुवर्ण शम्शेर राणा नेपाली कांग्रेसप्रति समर्पित र तत्कालीन लोकतान्त्रिक राजनीतिलाई चलायमान गर्ने नेता भएको बताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर जबराको ४७ औं स्मृति दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले विपी,सुवर्ण […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विद्यार्थीहरूलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ शैक्षिक मेला आयोजना गरिने

२५ कात्तिक, काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुपले ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आगामी नोभेम्बर ११ देखि २१ सम्म ९ वटा प्रमुख शहरहरूमा आयोजना गरिने जनाएको हो । यो शैक्षिक मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया, […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर

२५ कात्तिक, ढोरपाटन (बागलुङ) । ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ । एक दशक अघिसम्म ती घरमा मानिसको बसोबास थियो । अहिले भने यहाँका अधिकांश घर सुनसान छन् । दशकौँदेखि बस्दै आएका […]

खेलकुद मुख्‍य समाचार समाज

प्रथम नेपाल हव महिला २०–२० क्रिकेटमा विराटनगर विजयी

२५ कात्तिक, विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ । विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता दिएको छ । अन्तिम खेल सोमबार हुने प्रतियोगिता हुने खेल संयोजक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

२५ कात्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित […]

मुख्‍य समाचार राजनीति समाचार

अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाका लगि राजदूत नियुक्त गरेका हुन् । संविधानको व्यवस्था अनुसार नेपाल सरकार, […]

मुख्‍य समाचार राजनीति समाचार

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

२५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त भएका छन् । उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका हुन् । संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आइतबार न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पोखरिया अस्पताल केही दिनमै प्रादेशिक बन्छ : मन्त्री गुप्ता

२५ कात्तिक, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताल अब केही दिनभित्रै प्रादेशिक अस्पताल बन्ने बताएका छन् । आज आइतबार गोविन्दपुर हुँदै हास्वा जोड्ने सडक शिलान्यास गर्ने क्रममा उनले आउँदो मन्त्रिपरिषद बैठकबाट पोखरिया अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पतालमा परिणत गर्न लागिएको जानकारी दिएका हुन् । पर्साको महत्वपूर्ण मुकामको रूपमा […]

मुख्‍य समाचार समाज

काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन सम्पन्न

२५ कात्तिक, काठमाडौं । काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन सम्पन्न भएको छ । आइतबार काठमाडौं  स्थित होटल हायतमा वैश्विक महाधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा नेपाल, भारत म्यान्मार, भुटान, बाङ्गलादेश देशका प्रतिनिधिहरू सहभागी भएका थिए । जसमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा छलफल गरिएको थियो । काशियाना फाउन्डेसनका संस्थापक सुमित सिंहले यस […]

मुख्‍य समाचार समाज

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न

२५ कात्तिक, काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ समापन भएको छ । काठमाडौंको भद्रकालीमा गत २१ गतेदेखि महायज्ञसहित सुरु भएको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलन पनि आज समापन भएको हो । महायज्ञ समापनपछि अतिरूद्र विश्वकल्याण विराट महायज्ञका सदस्य सचिव भरत राज पौडेलले […]