२३ मंसिर २०८१, आईतवार
अर्थ खेलकुद प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुर बोल्ट्सको‘टाइटल स्पोनसर’ मा डीएनए इन्टरनेश्नल नेपाल

काठमाडौं । जनकपुर बोल्ट्सले ‘टाइटल स्पोनसर’ को रुपमा डीएनए इन्टरनेश्नल नेपालसँगसम्झौता गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सलेडीएनए इन्टरनेश्नल नेपालसँगसम्झौता गरेको हो ।
रन्जना ट्रेड सेन्टरको आधिकारिक विक्रेता रहेको डीएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो ।

डीएनए इन्टरनेश्नल नेपाल ८ वर्ष अघि नेपालमा स्थापना भएको कम्पनी हो। यसले अहिले नेपालमा आफ्नो बजार व्यवसाय गरिरहेको छ भने भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ ।
सोही क्रममा जनकपुर बोल्ट्सका निर्देशकअमित श्रेष्ठले टाइटल स्पोन्सरको रुपमा डीएनए इन्टरनेश्नल नेपाललाई जनकपुर बोल्ट्समा स्वागत गर्न पाउदा खुसी लागेको बताएका छन् ।
आसिफ शेख माकी खेलाडी रहेको जनकपुर बोल्ट्सले न्यूजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ। बोल्ट्समा अन्य विदेशी लाहिरु मिलान्या लगायतका खेलाडी छन्। मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्