१६ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

हेटौँडा –१२ को अध्यक्षमा राप्रपाबाट प्रेम लामा भ्लोन उम्मेद्वार

२५ कात्तिक, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । आइतबार नगर र जिल्ला कार्यसमितिको बैठकले प्रेम लामा भ्लोनलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् । हेटौँडा उपमहानगरपालिका […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ । बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने÷नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति समाज

मन्त्रिपरिषद्को बैठक बस्दै

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको सचिवालयले जनाएको छ । आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ ।  प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता  नियमित बैठक बस्न सकेको थिएन ।

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ५ अंकको अग्रता

२५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ५ अंकको अग्रता हासिल गरेको छ । आइतबार विहान सकिएको खेलमा एस्टन भिल्लालाई २–० गोलले पराजित गरे पछि लिभरपुलको तालिकामा ११ खेलबाट २८ अंक भएको छ । गएरातिकै नतिजामा सिटी पराजित भएपछि लिभरपुललाई फाइदा पुगेको हो । पराजित भएको स्टन भिल्ला भने १८ अंकका […]

मुख्‍य समाचार राजनीति समाचार

अर्थ समितिको बैठक बस्दै

२५ कात्तिक,  काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको अर्थ समितिकौ कक्षमा बस्नेछ । बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद समाज

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित

२५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ । सिटीले खेलेको पछिल्ला चार खेलमा लगातार पराजयको सामना गर्नु परेको हो । शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ अल्बिओनभसँग २–१ गोलको हार व्यहोर्न पुग्यो । सिटीले सुरुआती अग्रता लिए पनि दोस्रो हाफमा अग्रता जोगाउन असफल भएको थियो । सिटीका लागि […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

स्पेनिस ला– लिगामा रियल मड्रिडको सानदार जित

२५ कात्तिक, काठमाडौँ । रियल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा रियलले ओसासुनामाथि ४–० को फराकिलो जित हात पारेको हो । रियलको जितमा भिनिसियसले ह्याट्रिक गर्दा जुडे बेलिघमको नाममा एक गोल रह्यो।  खेलको पहिलो हाफमा २ गोल गरेको रियलले दोस्रो हाफमा थप […]

कोशी मुख्‍य समाचार समाज

आज फाल्गुनन्दको जन्मजयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

२५ कात्तिक, काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको ४०औँ जन्मजयन्ती आज मनाइँदै छ । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ । १९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले समाजसुधारका लागि नीति निर्माण गरेका थिए जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन आज (आइतबार) त्यसतर्फ प्रस्थान गर्दैछन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै आज बाकु जान लागेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

यु–१९ महिला विश्वकप छनोट अन्तर्गत आज नेपालले थाइल्याण्डसँग दोस्रो खेल खेल्दै

२५ कात्तिक,  काठमाडौं ।  युएईमा जारी आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो सवा ३ बजे बजे सुरु हुने छ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

२५ कात्तिक,  काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका  लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

२५ कात्तिक, काठमाडौँ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी  तथा हिमाली […]