१६ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने

२६ कात्तिक, मकवानपुर  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि  मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतबार वडा,नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले आशा बिर बललाई  वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो । ‘हेटौंंडा उपमहानगरपालिका […]

खेलकुद मुख्‍य समाचार समाज

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे

२६ कात्तिक, काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले एक एक अंक बाँडेका छन् । चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको अन्तिम क्षणमा आर्सनलले महत्वपूर्ण गोल गर्ने मौका गुमाउँदा स्पष्ट ३ अंक लिन असफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आज बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो  । आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो । बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने जनाइएको  छ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता

२६ कात्तिक, काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि पहिलो पटक वार्ता भएको वाशिंगटन पोस्टले जनाएको छ । वार्तामा ट्रम्पले युक्रेन युद्धलाई थप नचर्काउन आगह गर्दै युरोपमा शान्ति स्थापना गर्ने विषयमा छलफल गरेका थिए । ट्रम्पले यो वार्तामा रुसले युक्रेनमा कब्जा गरेका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

२६ कात्तिक, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक संघीय संसद सचिवालय सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो सवा १२ बजे बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

अर्थ मुख्‍य समाचार समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

२६ कात्तिक,  काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सिरहा कारागार प्रकरण : छानबिन गर्न समिति गठन

सिरहा, २५ कात्तिक : सिरहा कारागारमा कैदीहरुले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न आज पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन भएको हो । प्रहरी नायब उपरीक्षक सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहनेगरी पाँच सदस्यीय छानबिन […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद थप गरेको छ । मानव तस्करीमा मुछिएको आरोपमा आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई अदालतले आइतबार दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।  

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका–१ का  प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ । मकवानपुरको बागमतीबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि  सिन्धुलीको हरिहरपुरगढी–६ मा बोम्जनमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

जिल्लामै उत्पादित विद्युत् वितरण सुरु

२५ कात्तिक, सुन्दरबजार (लमजुङ) । लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मस्र्याङ्दी करिडोरको उदीपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु गरेको हो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनसहित जिल्लाका अन्य प्रसारण लाइनको निरीक्षणपछि उदीपुर सबस्टेशनबाट विद्युत् वितरण सम्भव रहेको जनाएसँगै आजदेखि […]

मुख्‍य समाचार समाचार समाज

कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु

२५ कात्तिक, मान्म (कालीकोट) । कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली […]