३ कार्तिक २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै

१२ मङ्सिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्ने भएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष ११ र १२ गते काठमाडौंमा सम्मेलन आयोजन गर्न लागेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको स्वास्थ्य क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्नका लागि विश्वव्यापी विशेषज्ञता […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बीआरआई ऋणमा लिनु उचित छैन् : प्रदीप ज्ञवाली

१२ मङ्सिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिनु उचित नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उनले, अहिले चीनसँग बिआरआई अन्र्तगत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बीआरआई ऋणमा लिनु उचित नभएको बताएका हुन् । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्र्ने अवसरः प्रचण्ड

१२ मङ्सिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् । उनले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गरे । ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका छन् । प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका […]

अर्थ मुख्‍य समाचार समाचार समाज

नेप्से ३९.७० अङ्कले वृद्धि, परिसूचक २७५६.३६ मा

१२ मङ्सिर, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.७० अङ्कले वृद्धि हुँदै २,७५६.३६ अङ्कमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले बढेको हो । आज ३१६ कम्पनीका १ करोड ७१ लाख ४३ हजार ५८४ कित्ता सेयर ८९ हजार पटक किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८४० […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे

१२ मङ्सिर, काठमाडौं ।  संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र  अयोध्यालाई हवाईसेवाको मध्यामबाट जोड्नुपर्ने बताएका छन् । बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रिय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषय अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिक रुपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनुपर्ने बताएका हुन् । […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री

१२ मङ्सिर, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताए । प्रधानमन्त्री ओलीले काठमाडू मेडिकल कलेज […]

कोशी मुख्‍य समाचार समाचार समाज

‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’

१२ मङ्सिर, मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण कार्यक्रममा उसले विपद् नियन्त्रण गर्न नसके पनि क्षति र जोखिम कम गर्न प्रभावकारी रूपमा पूर्व तयारी गर्नुपर्नेमा जोड दिए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुन्छ : ओनसरी घर्ति

१२ मङ्सिर, काठमाडौं ।  नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छिन् । ‘महिला हिंसा विरुद्घ म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले  मांनसिक हिंसा भएपनि महिलाहरुले निरन्तर लडाँई गरेर हार मान्न नहुने बताएकी हुन् । उनले भनिन्, ‘स्थानिय तहमा ४० प्रतिशत महिलाहरुको उपस्थिीति छ  भनेर […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्रमा फर्किएका पुराना अभिनेत्री

१२ मङ्सिर, काठमाडौँ । अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे । चलचित्रको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट हराए तापनि चलचित्रमा पुनरागमन गर्न सफल […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

चाईना पठाईदिन्छु भन्दै आफ्नै साथीलाई ठगे लाखौं रुपैंया

काठमाडौं । वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै सर्लाही, लालबन्दीका मनोज अधिकारीले लाखौं रकम ठगेर बेपत्ता भएका छन् । चाईना पठाईन्छु भन्दै नौ जनाबाट प्रतिव्यक्ति ९७ हजार ८ सयको दरले उठाएर फरार भएका हुन् । चाईनाको एक होटलमा नेपाली कामदारको माग भएको भन्दै नौ जनाबाट रकम उठाएका थिए । ठगीमा परेका उदयपुर चौदण्डीगढी नगरपालीकाका लक्ष्मीनारायण चौधरी रातोकागजको […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान

१२ मङ्सिर, लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण गरेर व्यवस्थित बनाएसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो । यहाँ दैनिक दुई सयदेखि तीन सयजना बढी आन्तरिक पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा छ, सात सय जना […]