१६ श्रावण २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

अमेरिकामा भूपेन्द्रलाई २ रजत

२५ कात्तिक, काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् । ट्रेडिसनल चाइनिज मार्सल आट्स फेडरेसन, युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए । […]

कर्णाली मुख्‍य समाचार समाज

लोप हुँदै मिठेफापर, संरक्षणमा छैन कसैको चासो

२५ कात्तिक, मुगु । पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे (गुलियो) फापरखेतीमा कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ । पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ । मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापरखेती अहिले क्रमशः घट्दै गएको हो । गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका […]

खेलकुद बागमती मुख्‍य समाचार समाज

गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु

२५ कात्तिक, गोदावरी (ललितपुर) । गोदावरी नगरपालिका–१ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ । ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २४ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आयोजक र खेलाडीलाई शुभकामना व्यक्त गरे […]

मनोरन्जन मुख्‍य समाचार समाज

जापानमा गुन्जिदै स्वप्न सुमन

२५ कात्तिक,  काठमाडौं । गायक स्वप्न सुमन जापानमा गुन्जिने भएका छन् । ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन टोकियो’ नाम दिइएको सांगीतिक कार्यक्रम हुने भएको हो । जसमा स्वप्न सुमन गुन्जिनेछन् । एस्टर्स ब्यान्डसहित उनले प्रस्तुति दिनेछन् । एस्टर्स उनको ब्यान्ड हो । कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीत गाउनेछन् । कार्यक्रम डिसेम्बर १ मा […]

मुख्‍य समाचार समाज

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

२५ कात्तिक, काठमाडौँ । काठमाडौँको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ । समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मङ्सिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । उक्त शिविर बिहान ५ बजेदेखि ६:३० बजेसम्म सञ्चालन भएको थियो । ध्यान शिविरमा नयाँबसपार्क र त्यस आसपासमा […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

छिल्लीकोटमा जिपलाइन निर्माण पूरा

२५ कात्तिक, तुलसीपुर (दाङ) । जिल्लाको पर्यटकीयस्थल तुुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ । उसले आउँदो मङ्सिरभित्रै उक्त जिपलाइन सञ्चालन गर्ने गरी तयारी गरेको बताए । “निर्माण सुरु भएको लामो समय बित्यो, भर्खरै मत्रै […]

गण्डकी मनोरन्जन मुख्‍य समाचार समाज

बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै

२५ कात्तिक, दमौली (तनहुँ) । तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आएको छ । व्यास नगरपालिकास्थित तमु सुधार समाजमा आबद्ध उनीहरू लामो समयदेखि पाउदुरे नाच संरक्षण अभियानमा जुटेको हो । समाजमा युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै आएका हुन् । पाउदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र […]

मुख्‍य समाचार समाचार

एएफयुमा भेटेरिनरी अध्ययनतर्फ ५० कोटा थपियो

२५ कात्तिक, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा स्नातक तह अध्ययनका लागि ५० कोटा थप गरिएको छ । सो सङ्कायमा ५० जनाको कोटा रहेकामा अब यही शैक्षिक सत्रदेखि एक सय विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन् । सङ्कायका डीन प्रा डा होमबहादुर बस्नेतले नेपाल भेटेरिनरी […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पाँच जिल्लाका सात सय उद्योगको अनुगमन

२५ कात्तिक, दमौली (तनहुँ) । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लामा अनुगमन कार्य गर्दै आएको छ । दमौलीमा रहेको कार्यालयले तनहुँसहित, लमजुङ, गोरखा, नवलपुर र मनाङमा नियमित रूपमा अनुगमन गर्दै आएको छ । उक्त कार्यालयले एक वर्षको अवधिमा पाँचवटा जिल्लाका सात सय ६६ उद्योग, पसल तथा होटलको अनुगमन गरेको छ । […]

गण्डकी मुख्‍य समाचार समाज स्वास्थ्य

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति

२५ कात्तिक, गलकोट (बागलुङ) । गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा थप गर्नेगरी बजेट विनियोजन भएको हो । धवलागिरि आयुर्वेद औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको बनाउन गण्डकी प्रदेश सरकारले रु एक करोड ३६ लाख बजेट व्यवस्थापन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विमल कृति पुरस्कार ‘कृति शब्दथुमलाई

२५ कात्तिक, धरान (सुनसरी) । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले रु दुई लाख राशिसहितको पुरस्कार प्रदान गरेको हो । धरान उपमहानगरपालिका–१८ स्थित पुस्तकालयको हलमा आज सम्पन्न ३३औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने

२५ कात्तिक, तुलसीपुर (दाङ) । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ । त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ । योजना आयोगबाट स्वीकृत भएपछि अर्थ मन्त्रालयमा बजेट सुनिश्चितता गरिने प्रमुख […]