१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो

२५ कात्तिक, त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो । देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको […]

मुख्‍य समाचार समाचार समाज

ठगीको अभियोगमा दुई पक्राउ

२५ कात्तिक, काठमाडौँ । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका छन् । अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु १९ लाख ७० हजार र पराजुलीले रु […]

अर्थ मुख्‍य समाचार समाचार समाज

प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य

२५ कात्तिक, काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६६ हजार निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर

२५ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ । आइतबार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो । नगरप्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्ड विपरीत गएर संरचना बनाएको बताए । उनले सहकारीलाई ७ दिने सूचना निकालेर ध्यानाकर्षण […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

२५ कात्तिक, काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार

२५ कात्तिक, गलेश्वर (म्याग्दी) । केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ । सहरबजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछि पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो । कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोर:म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै

२५ कात्तिक, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्र्तगत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो । नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु ६३ […]

मनोरन्जन मुख्‍य समाचार समाज

अद्वैत उपन्यासलाई आख्यान पुरस्कार

२५ कात्तिक, चितवन । कविडाँडा साहित्य समाजले अद्वैत उपन्यासका लागि गत वर्षको आख्यान पुरस्कार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरेको छ । समाजका अध्यक्ष एलबी क्षेत्रीले शनिबार यहाँ आयोजित कार्यक्रममा रु एक लाख २५ हजारको उक्त पुरस्कार प्रदान गरे । विसं २०७५ देखि समाजले उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

गण्डकी मुख्‍य समाचार समाचार समाज

एकतीस वर्षपछि वागीश्वरी सडक कालोपत्र

२५ कात्तिक, दमौली (तनहुँ) । एकतीस वर्षपछि व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो । बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका–६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको […]

गण्डकी मुख्‍य समाचार समाज

गलकोटका ‘गोपाल सर’को लोभलाग्दो किबीखेती

२५ कात्तिक, बलेवा (बागलुङ) । कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो । यही मेसोमा एक दिन उहाँले किबीखेती गर्ने निर्णय गरे । गाउँमा ‘गोपाल सर’ का रूपमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रदेश अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित

२५ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् । यही कात्तिक २६ र २७ गते सुर्खेतमा हुने अधिवेशनका लागि कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रबाट तीन सय चार जना प्रतिनिधि निर्वाचित भएका छन् । पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय […]

बागमती मुख्‍य समाचार समाचार समाज

बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त

२५ कात्तिक, पाटन (ललितपुर) । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट रु छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी […]