१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

श्रम बैंकमा आवद्ध ८५७ जनालाई रोजगारी दिइयोः काठमाडौं महानगर

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरले श्रम बैंकमार्फत् ८५७ जनालाई रोजगारी दिएको जनाएको छ । आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षाका क्रममा महानगरले श्रम बैंकमा आवद्धहरुलाई रोजगारमा जोडिएको जानकारी दिएको हो । प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार यस वर्ष श्रम बैंकमा आवद्ध भएका ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएको […]

खेलकुद समाचार समाज

सन्दीपले पाए अमेरिकाको भिसा, उडे विश्वकप लिग-२ खेल्न

काठमाडौं, भदौ २६ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग(२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ। उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा लिग(२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी(२० विश्वकपका […]

मुख्‍य समाचार समाचार समाज

एमालेले अवसरवादी चरित्र देखायोः मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नदी तट क्षेत्रको मापदण्ड बढाउने अदालतको फैसलामा नेकपा एमालेले अवसरवादी चरित्र देखाएको आरोप दोहोर्याएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उहाँले ०७६ मा हालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकार रहेकोबेला अदालतले नयाँ मापदण्डबारे फैसला गरेको बताएकाे हो । ‘हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

हेटौंडा उपमहानगरले बोलायो विशेष नगरसभा

२६ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले विशेष नगरसभा बोलाएको छ । उपमहानगरको कार्यपालिका बैठकले कर समायोजनको लागि माग गरिएको विशेष नगरसभा बोलाउने निर्णय गरेको हो । विशेष नगरसभा बोलाउने निर्णय भए पनि उपमहानगरले कर समायोजनलाई ‘अमान्य’को संकेत दिएको छ । कर समायोजनका विषयमा व्यापक छलफल गरी नवगठित कार्यदललाई करको दर हेरफरमा आवश्यक सहजीकरण गर्ने अधिकारी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार समाज

ट्रम्पको आरोप : कमला ह्यारिस मार्क्सवादी हुन्, उनका बुवा मार्क्सवाद पढाउँथे

२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । प्रेसिडेन्सियल डिबेटका क्रममा ट्रम्पले बुधबार बिहान ह्यारिसमाथि यस्तो आरोप लगाएका हुन् । ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा अर्थशास्त्र पढाउँदा मार्क्सवाद पढाएको भन्दै ट्रम्पले ह्यारिस पनि सोही बाटोमा हिंडेको आरोप लगाए । ‘यिनी मार्क्सवादी हुन्, सबैलाई […]

मुख्‍य समाचार समाज सूचना प्रविधि

मोबाइल व्यवसायीको आन्दोलन : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द

२६ भदौ, काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ । व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिन पुगेको भन्दै व्यवसायीहरुको छाता संगठन महासंघले सामसुङ नेपालका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सुदूरपश्चिमको धनगढीमा गत भाद्र २० गते सामसुङ नेपालले सुदूरपश्चिम प्रदेशका […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह

२६ भदौ, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् । यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यादवको हत्यका गरिएको आशंका गर्दै अनुसन्धान गर्न जरुरी रहेको बताए । वडा अध्यक्ष यादवको गत […]

खेलकुद मुख्‍य समाचार समाचार

कप्तान केनको गोलमा इंग्ल्याण्ड विजयी

२६ भदौ, काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० गोल अन्तरको जीत निकालेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान हेरि केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए । ५७ औं मिनेटमा […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२६ भदौ, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन’ सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् […]

मुख्‍य समाचार समाचार

नेपाल युथ समिटको तयारी अन्तिम चरणमा, ख्यातीप्राप्त व्यक्तिहरु सहभागी हुने

२६ भदौ, काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा हुन लागेको नेपाल युथ समिट (युवा सम्मेलन) को तयारी अन्तिम चरणमा पुगेको छ । प्रमुख वक्ताहरुको सूची लगभग अन्तिम चरणमा रहेको आयोजकको भनाइ छ । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीलाई बालेनको जवाफ– ‘उहिल्यै मरिन् सासू, अहिले आए आँसु’

२६ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाएका छन् । तीन वर्ष अगाडि नै सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर अहिले तातेको भन्दै शाहले ओलीमाथि प्रश्न गरेका हुन् । उहिलै मरिन् सासू, अहिले आए आँसु। यो चरित्रले कसरी देश बिगार्दै छ भन्ने उदाहरण सर्वोच्चको फैसला र […]