मर्मतपछि पुल सञ्चालन
१३ मङ्सिर, गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे मर्मत गरी सञ्चालनमा ल्याइएको छ । गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा ल्याइएको सहिद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिए । सस्पेन्सन ब्रिज महाशाखाको प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो । गाउँपालिका विपद् […]











