३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता हुने

५ पुस, काठमाडौं । माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बैठकले विधान मस्यौदा समिति गठन गरेको जानकारी पनि दिए । उनका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

धनगढीमाथि झापाको शानदार जित

४ पुस, काठमाडौं । धनगढी एफसीको अपराजित यात्रा रोक्दै झापा एफसीले नेपाल सुपर लिग एनएसएलमा शानदार जित निकालेको छ । बुधबार धनगढीलाई २-० ले हराउँदै झापाले शानदार जित निकालेको हो । जितसँगै झापा १० अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ र उसको प्ले अफ सम्भावना कायम रहेको छ । झापालाई जिताउन अञ्जन विष्टले ५३ औं […]

मुख्‍य समाचार सूचना प्रविधि

शुक्रबार आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले, १४ विधामा अवार्ड वितरण हुँदै

४ पुस, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम पुस ६ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुदैछ । लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको अवार्ड कार्यक्रमको विगत ५ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनाले आयोजना हुन लागेको हो । अपग्राड […]

समाचार समाज

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

४ पुस, काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले रुसी सेनामा भर्ना […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

कांग्रेसको मधेश प्रदेश सम्मेलन भोलि

४ पुस, जनकपुरधाम । नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन बिहीबार जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको तिरहुतियागाछीमा हुने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए । सम्मेलनको उदघाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् । उनीसँगै अरु शीर्ष नेता पनि सम्मेलनमा सहभागी हुन आउने उनले बताए । बुधबार जनकपुरमा पत्रकार […]

मुख्‍य समाचार राजनीति

टीआरसी विधेयक सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रुपबाट टुंग्याउनुपर्छः सभामुख घिमिरे

४ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिन नसके प्रक्रियागत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ यो टुंग्याउँदा सही […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति र प्रधानमन्त्री निवास बाहिर थप २ महिना प्रदर्शन निषेध

४ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार वरपरको क्षेत्रलाई निषेधित क्षेत्र कायम राखेको छ । गत महिना प्रशासन कार्यालयले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो । राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कशप चोक, […]

बैंक–वित्त

पशुपति क्षेत्र विकास कोषका १०० भन्दा धेरै सल्लाहकार खारेज

४ पुस, काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकारहरु खारेज गरिएको छ । बुधबार बसेको कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ । बैठकले विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय गरेको बताइएको छ । राजसंस्थाको […]

समाचार समाज

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

४ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो । […]

समाचार समाज

कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति

४ पुस, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक बनाउन हाल प्रचलित कानुनहरुले रोकेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले फास्ट ट्रयाक निर्माणका लागि त्यही अनुसारको कानुनी व्यवस्था हुनुपर्ने बताए । ‘फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने फास्ट ट्रयाकमा नियम पनि दिनुपर्थ्यो, ४ वटा […]

मुख्‍य समाचार समाचार समाज

 घोरेपानी-पुनहिललाई बिर्साउने ‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’

४ पुस, खास्ताप, (सोलुखुम्बु) । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।। वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो गीतलाई सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित माप्य दूधकोसी गाउँपालिकामा भर्खरै सुरू गरिएको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ले पूरा गरिदिएको छ । माप्य दुधकोशी गाउँपालिका-५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्ने बित्तिकै विश्वको […]

मुख्‍य समाचार

श्रीलंकाका विदेशमन्त्री साब्री काठमाडौंमा

४ पुस, काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ । २१ […]