९ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

सहमति नजुट्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित

धनगढी । सत्तारूढ दलभित्रै सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य लम्बिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले बजेट वक्तव्यका लागि आज बेलुका ५ बजे प्रदेश सभा बैठक आह्वान गरेको थियो । तर सत्तारुढ दल नेकपा एमालेले बैठकमा उपस्थित हुन नसक्ने अडान राखेपछि प्रदेश सभा बैठक नै अनिश्चित बनेको छ । नेकपा एमालेका प्रदेश सभा सदस्यले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र […]

अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार

वागमती, गण्डकी र कोशी प्रदेश : कसको बजेट कति ?

काठमाडौं । देशका सातै प्रदेशले बजेट धमाधम प्रस्तुत गरिरहेका छन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ र […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

बेल्जियम र इजिप्ट विश्वकपमा पहिलो पटक खेल्दै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को पहिलो खेलमा बेल्जियमले सोमबार सिएटल स्टेडियममा इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ। बेल्जियमले आफ्नो पहिलो विश्वकप खेलअघि रक्षापंक्तिमा समस्याको सामना गरिरहेको छ । सेन्टर–ब्याक जेनो डेबास्ट खुट्टाको चोटका कारण मैदानबाहिर छन् । उनी टोलीसँगै भए पनि प्रतियोगिताको पछिल्लो चरणअघि खेल्ने […]

बागमती मुख्‍य समाचार समाचार

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेपछि गुनासोको सुनुवाइ र शीघ्र समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखेका छन् । उनको निर्देशनअनुसार […]

मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । उक्त रकम गत वर्ष भन्दा १३ प्रतिशत कम हो । सोमबार बसेको मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री भट्टराईले बजेट प्रस्तुत गरेका छन् । यस वर्षको बजेटमा कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारलाई पहिलो प्राथमिकतामा राखिएको छ […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा.हेमराज बिष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल डेभलपमेन्ट वाचले भन्यो : नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौतीपूर्ण 

नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले आर्थिक वर्ष २०२६÷२७ को नेपाल सरकारको बजेटमा आफ्नो वार्षिक टिप्पणी जारी गर्दै बजेटको ऐतिहासिक आकार र सुधारोन्मुख दिशालाई स्वागत गरेको छ । साथै सरकारलाई नीतिगत महत्त्वाकाङ्क्षा र कार्यान्वयन क्षमताबिचको ठूलो खाडल पूर्ण गर्न आग्रह पनि गरेको छ । ‘रू.२.१२ खर्बको बजेट नेपालको इतिहासमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

काठमाडौं । माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्वीटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ । स्वीटजरल्याण्ड […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सांसद तामाङको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सुस्ताको समस्या नयाँ नभई लामो समयदेखि समाधान हुन नसकेको विषय भएको बताइन् । उनले सुस्ता क्षेत्रमा गण्डकी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे सभामुखले रुलिङ गर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने आफ्नो दलको माग जायज रहेको बताए । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारवाहीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति ध्यानाकर्षण गराउँदै एक गरिब टेम्पो चालकको सवारीसाधन वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइएको दृश्यले आफूहरू मर्माहत […]